चुनावी खर्चको गलत प्रचारः निवर्तमान अध्यक्ष ढुंगाना 

1k Shares

 नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले डे बुकमा लेखिएको प्रारम्भिक खर्च विवरणलाई चुनावी खर्च भनेर गलत प्रचार गरिएको भन्दै त्यस्को खण्डन गरेका छन् । 

एनआरएनए एनसिसी नेपाल एसोसिएसन युएईको आयोजनामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक छलफलका लागि ड्राफ गरिएको खर्च विवरण कार्यसमितिबाट नै बाहिर जानू दुःखद भएको बताउँदै ढुंगानाले सस्थाको गरिमा, विधि र गोपनियतामा ध्यान दिन नवनिर्वाचित कार्यसमितिलाई ध्यानाकर्षण गराए । 

नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईले आजसम्म आधिकारिक रूपमा खर्च विवरण सार्वजनिक नै गरेको छैन । सामान्य जानकारीको लागि एउटा पनामा नोट गरिएको खर्च विवरणलाई चुनावी खर्च भनेर गलत र भ्रामक हल्ला फैलाईको छ । ढुंगानाले भने ‘केही मिडिया र सार्वजनिक संजालमा गलत प्रचार गरिएको छ, त्यसलाई नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईले खण्डन गर्नेछ र छिट्टै आधिकारिक खर्च विवरण सार्वजनिक गर्नेछ ।‘ 

नेपाल एसोसिएसन एनआरएन एनसिसी युएई लाई विवादमा ल्याउन अझैपनि केही व्यक्तिहरु सक्रिय रहेको आफुलाई जानकारी भएको ढुंगानाले बताए ।एनआरएनएका अग्रज नेतृत्वहरुलाई विवादमा ल्याउने र बदनाम गराउन खोज्ने काम भएको भन्दै निवर्तमान अध्यक्ष ढुंगानाले व्यक्तिगत कारोबार, सम्बन्ध र परिवारलाई समेत जोडेर गलत प्रचार गरिनु दुःखद भएको बताए ।

सम्बन्धित समाचार