काठमाडौंको गोकर्णेश्वरभित्रका विद्यालय ४ दिन बन्द हुने

नवराज कार्की    प्रकाशित: २०८०-४-३० गते   २६२ पटक हेरिएको

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय ४ दिन बन्द हुने भएको छ । नगरपालिकाले सोमबार एक सूचना प्रकाशित जारी गरी प्रकोपका रूपमा फैलिरहेको आँखा रोगका कारण जनस्वास्थ्यमा असर परिरहेकाले ४ दिन विद्यालय बन्द गर्न लागेको जनाएको छ ।

आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्रका विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech