Close This

पुलिसद्धारा सुदूरपश्चिम–११ सुदूरपश्चिम ३–१ गोल अन्तरले पराजीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-३० गते   ४२८ पटक हेरिएको

चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गतको आजको खेलमा  विभागिय टिम नेपाल पुलिस क्लबद्धारा सुदूरपश्चिम–११ सुदूरपश्चिम ३–१ गोल अन्तरले पराजीत भएको छ ।
विभागिय टिम नेपाल पुलिस क्लब र  सुदूरपश्चिम–११ बीच भएको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम–११ सुदूरपश्चिम ३–१ गोल अन्तरले पराजीत गर्दै प्रतियोगिताको फाईनल यात्रा गरेको छ ।
दिउँसो साँढे ३ बजेबाट बागमतीनगरपालिका ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति मैदानमा प्रतियोगीतामा सुरु भएको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनु भयो। ब्वाईज युनियन क्लब काठमाडौं र नव जनजागृति युवा क्लब सिमरालाई हराएको पुलिस तथा बाईमा परेका कारण एनआटी क्लब काठमाडौंलाई हराउँदै सेमिफाईनल पुगेको सुदूरपश्चिमबीच कडा प्रतिष्पर्धा भएको हो ।
चैत २ गते फाईनल खेल हुने प्रतियोगिताको उपाधी विजेताले नगद १० लाख तथा उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्ने आयोजक बागमती नगरपालिका खेलकुद विभाग प्रमुख दिपक लामालाई उदृत गर्दै बागमतीबाट हाम्रा सहकर्मी रितिक अधिकारीले जानकारी दिनु भयो । प्रतियोगितामा भारतको दुई सहित १२ टिमको सहभागिता रहेको छ । भोली अर्काे सेमिफाईनल जाउला खेल युथ क्लब र कन्चन्जंगा युथ क्लब सिकिम बीच खेल हुने आयोजकले बताएको छ । अब नेपाल पुलिस क्लबले भोलीको बिजेता टिमसंग फाईलनमा प्रतिस्पर्धा गर्ने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech