सर्लाहीमा ८ सय ६६ वटा नयाँ उद्योग दर्ता,३ अर्ब भन्दा भन्दा बढी राजश्व संकलन

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-१४ गते   ४५७ पटक हेरिएको

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७९/०८० मा आठ सय ६६ वटा नयाँ फर्म दर्ता गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा एक हजार तीन सय १३ वटा उद्योगहरुको नविकरण गरेको कार्यालय प्रमुख जितेन्द्र किशोर गुप्ताले जानकारी दिए ।
उनका अनुसार एक सय ५९ वटा उद्योगको लगत कट्टा गरिएको छ भने २४ वटा उद्योगको नामसारी र ३० वटा उद्योगको ठाउँसारी गरिएको छ ।यसैगरी कार्यालयले दुई सय सात वटा उद्योगको पूजी बृद्धि गर्दा दुई सय २१ वटा उद्योग संसोधन र एक सय ६० वटा उद्योगको प्रतिलिपि वितरण गरेको कार्यालयका कम्प्युटर अपरेटर सरोज सिंहले बताए ।
उनका अनुसार जिल्लामा उत्पादनमूलक ९६ वटा,कृषि तथा वनजन्य पाँच सय ९१ वटा,निर्माण तर्फ तीन वटा र सेवामूलक दुई सय ३० वटा गरी नौ सय २० वटा उद्योगहरुबाट रु छ अर्व ३५ करोड ५० लाख २३ हजार राजश्व समेत संकलन भएको कार्यालयले जनाएको छ ।जिल्लाका एक हजार सात सय ८६ वटा उद्योगमा तीन हजार नौ सय छ जनाले रोजगारी पाएका छन् भने नौ सय २० जना उद्यमीहरु रहेका कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech