नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको हो ।
पेट्रोल प्रतिलिटर रु चार,डिजेल र मट्टितेल प्रतिलिटर रु तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ बढेको निगमद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । निगमले मूल्यवृद्धि आज(बिहिबार) मध्यरातिदेखि लागू हुने जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज (बिहीबार) मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको छ ।