Close This

सर्लाहीमा पोखरीमा डुबेर २ जनाको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१२ गते   २७८ पटक हेरिएको

सर्लाहीको छुट्टाछुटै स्थानमा पोखरीमा डुबेर चार वर्षीया बालिकासहित दुईजनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रनगर र बरबरियामा पोखरीमा डुबेर एक युवक र बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बसबरिया गाउँपालिका–४ गोनर्वाकी चार वर्षकी लालमुनी पासवान र चन्द्रनगर गाउँपालिका –६ कामदका एक युवक रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमण्ी पोख्रेलले  जानकारी दिनु भयो । 
बालीकाको सबलाई पोष्ट मार्टम पछि आफन्तको जिम्मा लगाईएको र युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरलिे जनाएको छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech