सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साह प्रहरीको फरार सूचीमा रहेका छन्। उनि यहि भदौ १८ गते देखि नै फरार रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए। उनि बिरुद्व नागरिकता सम्बन्धि कसुरमा पक्राउ गरि कारवाही गर्न जिल्ला अदालत सर्लाहीले अनुमति दिएको छ ।
प्रहरीले साहलाई पक्राउ पुर्जी जारी गरे पछि फरार भएको बताईदै आइरहेको छ।साहको मोबाईल भने अफ रहेको छ। साथै उनि घरमा पनि कसैको सम्पर्कमा नहेको पारिवारिक स्रोतले जनाएको छ ।यसैगरी पालिकामा पनि बिगत केहि दिन देखि अध्यक्ष साह उनुपस्भिएका छन् ।गाउँपालिका अध्यक्षम साहसँग विभिन्न फरक फरक जन्म मिति र नागरिकता नम्बर भएका तीन वटा नागरिकता रहेको भन्दै उजुरीे परे पछि प्रहरीले पक्राउ पुर्जी जारि गरेको थियो।यसअघि विगत लामो समयदेखि स्थानीयले मुद्दा दर्ता गराउँन खोज्दा इलाका प्रहरी कार्यालय बरहथवाले मुद्दा दर्ता नै गराएको थिएन।
अहिले भने अध्यक्ष साह भदौ १८ गते देखि नै प्रहरीको फरार सूचीमा रहेका छन्। अध्यक्ष साह विरुद्ध जाहेरी दर्ता गराउने धनकौल गाउँपालिका २ का नेकपा(एमाले)का नेता रामआधार राय यादवका अनुसार उनि घरमै लुकी छिपी बसी रहेको र प्रहरीले बेवास्ता गरेको हो । यसअघि इलाका प्रहरी कार्यालय बरहथवाले प्रमाणसहित मुद्दा दर्ता गर्न जाँदा त मुद्दा दर्ता नगरेको भएपनि अहिले मुद्दा त दर्ता भयो तर प्रहरीको रेडिमेड उत्तर खोजि कार्य भईरहेको निवेदक रायले बताए ।यदि यहि मुद्दामा कोहि गरिव दुःखी हुन्थ्यो भने उसलाई कारवाही गरिन्थ्यो,होला तर साहलाई भने केहि पार्टीका नेता र प्रहरीकै सहयोगमा लुकाई रहेको रायले बताए ।