सर्लाहीको लालबन्दी नगरपालिका ८ मा नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।“देश प्रतिको हाम्रो माया,खेलकुदको विकास हाम्रो चाहना”भन्ने मुल नाराका साथ असोज २४ गते बुधबार(भोली)बाट कार्तिक ३ गते सम्म लालबन्दी नगरपालिका ८ मा नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजक लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष शुक्र लामाले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका ८ मा रहेको आठ स्टार युवा क्लवको सह योजना र लालबन्दी नगरपालिका ८ को आयोजनामा असोज २४ गते बुधबार(भोली)बाट लालबन्दी नगरपालिका ८ मा नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।लालबन्दी नगरपालिकाका १७ वटा वडाबाट प्रति वडा एउटा क्लवका दरले १७ वटा क्लवको सहभागितामा सञ्चालन हुने नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने छ ।
लालबन्दी नगरपालिका र लालबन्दी नगरपालिका ८ का साथै लालबन्दी नगरपालिका ८ मा रहेको आठ स्टार युवा क्लवको संयुक्त साझेदारीमा सञ्चालन हुने प्रतियोगितामा करिब रु १२ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष लामाले मंगलबार भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख नगद,प्रमाण पत्र र मेडल,द्धितिय हुने टिमले रु ५० हजार नगद,प्रमाण पत्र र मेडलका साथै तृतिय हुने टिमले नगद रु २५ हजार,प्रमाण पत्र र मेडल पाउने छन् ।प्रतियोगिताको हरेक दिन म्यान अफ द म्याच हुने खेलाडीले रु ५ हजार नगद्,उत्कृृष्ट खेलाडी र वेष्ट प्रशिक्षकले रु ५/५ हजार नगद पाउने छन् ।
त्यसैगरी विद्यागत खेलाडीहरुमा उत्कृष्ठ गोल किपर,वेष्ट डिफेन्डर,वेष्ट मिल्ड फिल्डर,सर्वाधिक गोलकर्तालाई पनि रु ५/५ हजार नगदले सम्मान गरिने छ ।साथै प्रतियोगिताको सर्वाेत्कृष्ठ खेलाडी र वेष्ट कोचलाई नगद रु ७/७ हजार प्रदान गरिने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।बुधबार(भोली)बाट हुने प्रतियोगिताको सम्पुर्ण तयारी भएको आयोजकले जनाएको छ ।