सीमा समस्याका विषयमा सीमाका वडा अध्यक्षहरूसँग सशस्त्र प्रहरीको अन्तरक्रिया

एसपि गौरव    प्रकाशित: २०८०-७-१ गते   ३५२ पटक हेरिएको

मधेश प्रदेशका जिल्लाका नेपाल भारतसंग सिमाना जोडिएका वडा अध्यक्षहरूसँग सीमा व्यवस्थापनका विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीले छलफल गरेको छ ।नेपाल भारतको सिमानासँग जोडिएका मधेश प्रदेशका जिल्लाका नेपाल भारतसंग सिमाना जोडिएका वडा अध्यक्षहरूसँग सीमा व्यवस्थापनका विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनिले छलफल गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक दिपेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार “सीमावासीसँग सशस्त्र प्रहरी” नामक एक कार्यक्रमको आयोजना गरि सीमा क्षेत्रमा भएको समस्या सहितका अन्य विविध विषयहरूमा सिमानासँग जोडिएका विभिन्न पालिकाका वडाध्यक्षहरूले सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीको ध्यानाकर्षण गरेका छन् ।मधेश प्रदेशका सिमानासँग जोडिएका १ सय ४३ वडाध्यहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीले आमन्त्रण गरेर सीमा व्यवस्थापनको विषयमा पहिलो पटक छलफल भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीले जनाएको छ ।

मधेश प्रदेशका ८ जिल्लासँग नेपाल भारतको खुल्ला सिमानाको क्षेत्रफल ४ सय ६१ दशमलव ८ किलोमिटर रहेको छ ।नेपाल भारतको बीचमा विशिष्ट सांस्कृतिक सम्बन्ध रहनुका साथै दुवै देशका नागरिकहरुका बीचमा पारिवारिक सम्बन्ध रहेकोले यस प्रदेशको विशिष्टता अनुसार नै सीमाको वैज्ञानिक र व्यवहारिक व्यवस्थापन हुनु पर्ने आवाज उठेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीले जनाएको छ ।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल र वडाध्यक्ष मध्येका सबैभन्दा ज्येष्ठ वडाध्यक्ष सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका १ का वडाध्यक्ष वर्ष ७७ का दिनेश्वर मिश्रले अन्तरक्रियाको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।सीमा पूर्ण रुपमा खुल्ला भएकाले सशस्त्र प्रहरीलाई सीमाको व्यवस्थापन,अपराध नियन्त्रण,तस्करी, मानव बेचबिखन,लागु औषधको कारोबार नियन्त्रण जस्ता विषयहरू चुनौतीपूर्ण बनिरहेको समयमा सशस्त्र प्रहरीले आयोजना गरेको कार्यक्रम निक्कै उपयोगी भएको सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका १ का वडा अध्यक्ष मिश्रले प्रतिक्रिया दिए । 
सीमामा रहेका वडाबाट निर्वाचित भएका वडाध्यक्षहरूले सीमा क्षेत्रमा हुने गरेको लागु औषधको कारोबार,सेवन,तस्करी,शान्तिसुरक्षा,विकास निर्माणको कार्यमा व्यवधान,सीमाना अतिक्रमण,घरेलु कामका लागि ल्याउने दैनिक उपभोग्यका सामाग्रीमा रोक,सिमानामा आवत जावत गर्दा हुने गरेको समस्या,प्राकृतिक सम्पदाको उत्खनन् सहितका विषयमा छलफल भएको हो ।सिमामा रहेका जनप्रतिनिधिहरुले भोगेका समस्याका तथा सिमामा भएको समस्याका बारेमा जानकारी लिनका लागि कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दहालले बताए ।
मधेश प्रदेशका जनताहरूको सीमावर्ती भारतीय क्षेत्रका जनताहरूसँगको सांस्कृतिक सम्बन्धको विशिष्टतालाई ध्यानमा राखेर सीमाको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक शाहले बताए ।कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लाका सशस्त्र प्रहरी उपरीक्षकहरू पनि सहभागी भएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech