सर्लाहीका दुई डाँका रौतहटबाट पक्राउ,महोतरी लैजाने क्रममा गोली प्रहार

एसपि गौरव    प्रकाशित: २०८०-७-३० गते   १९३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका २ स्थित नवलपुरका नामुद डाँकाहरूलाई जिल्ला प्रहरी कार्यालय महोतरीले नियन्त्रणमा लिएको छ ।लालबन्दी नगरपालिका २ स्थित नवलपुरका अन्दाजी ३५ वर्षीय शक्तिकुमार पासवान रअन्दाजी ३७ वर्षीय रितेश पासवानलाई रौतहटको गरुडा पानी टंकीबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी एि ।
उनका अनुसार धनुषा,महोत्तरी र रौतहटका साथै  मधेश प्रदेशका अन्य जिल्लाहरुमा लुटपाट गरी फरार भएका डकैतलाई रौतहटमा नियन्त्रणमा लिएर महोतरी ल्याउने क्रममा भाग्न खोज्दा गोली प्रहार गरीएको हो ।रौतहटमा पक्राउ गरि महोतरी ल्याउने क्रममा भाग्न खोजेका डाँकाहरुको साथबाट एक थान कटुवा पेस्तोल र चार राउन्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ । 
रौतहटबाट लिएर आउने क्रममा महोतरीको सोनमाबाट भाग्न खोजेका शक्तिकुमारलाई दुई राउण्ड र रितेशलाई एक राउण्ड घुँडामा गोली लागेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ परेका डाँकाहरु विभिन्न ११ वटा मुद्दाको फरार सूचीमा रहेका थिए ।प्रहरीका अनुसार पछिल्लो समय उनीहरू धनुषामा एक, महोतरीमा दुई र रौतहटमा एक स्थानमा लुटपाट गरी फरार भएका थिए ।दुवै जनाले केही दिनअघि जलेश्वर नगरपालिका ८ मा भुवनेश्वर चौधरीको घरमा हतियार देखाउँदै रु ० लाखभन्दा बढीको गरगहना र नगद लुटपाट गरेका महोतरी प्रहरीले जनाएको छ ।
रौतहटबाट पक्राउ गरी ल्याउने क्रममा सर्लाहीमा गाडी बिग्रिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको गाडीमा राखेर महोतरीको सोनमाबाट महोत्तरी प्रहरीले आफ्नै गाडीमा राख्न खोज्दा डकैती आरोपमा पक्राउ परेका दुवै जना हतियारसहित भाग्न खोजेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।भाग्न थालेपछि महोत्तरीको सोनमा गाउँपालिका ५ मा डाँकाहरूलाई पुनः पक्राउ गर्न प्रहरीले १० राउन्ड गोली प्रहार गर्नुपरेको प्रहरी उपरिक्षक मल्लले बताए । उनका अनुसार डाँकाहरु पक्राउ गर्ने क्रममा सहायक प्रहरी हबल्दार साजय जयसवाल र प्रहरी जवान श्याम गिरीसमेत घाइते भएका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech