सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिबोल के.सीले असई घुमुवा राखेर चर्काे कमिसन असुली चलाएका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक के.सीले असई उमेश साहलाई घुमुवा राखेर चर्को असुली चलाएका प्रहरी स्रोतको दाबी छ ।नेपाल प्रहरीको जागिर अवधि सकिनै लागेका प्रहरी निरिक्षक के.सीले लालबन्दी क्षेत्रका होटलहरुका साथै जुवा तास खेल्ने खेलाउने,नदीजन्य पदार्थको अवैध दोहन,काठ तस्करी लगायतका कामबाट चर्को कमिसन असुलेका प्रहरी अधिकारीहरु नै बताउँछन् ।
विगत केही समयदेखि घुमुवा बसेका असई साहले लालबन्दी क्षेत्रका देह व्यापार गर्ने गराउने होटलहरुबाट,जुवा तास खेल्ने खेलाउने मानिसहरु संगबाट,नदी जन्य पदार्थ अवैध तरिकाबाट निकासी गर्नेहरुका साथै काठ तस्करी गर्नेहरुसंगबाट २ लाख भन्दा बढी कमिसन उठाएका पाइएको छ ।इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक के.सी कसरी पैसा कमाउन सकिन्छ वा जसरी पनि पैसा चाहियो भन्ने मानसिकता रहेका कारण इलाका प्रहरी कार्यालय लालबन्दीले घुमुवा राख्दा ठेण्डरमा राख्ने गरेको समेत पाइएको छ ।
सर्वसाधारण मानिसहरुले बुझ्दा घुमुवा भनेपछि चोरी तस्करी गर्ने,अपराधिक गतिविधिहरु गर्ने र फरार सुचिमा रहेका मानिसहरुको खोजी तथा पहिचान गर्ने भन्ने बुझ्पनि पछिल्लो समय लालबन्दी क्षेत्रमा दैनिक मोटरसाईकल,साईकलहरुका साथै पसल फुटाउने लगायतका गैर कानुनी कार्य रोकिएका छैनन् । यसबाट पनि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक के.सीले कमिसन असुल्न कै लागि घुमुवा राखेका प्रष्ट हुन्छ ।त्यसका साथै केही दिन पहिला जुवा खेल्ने ठाउँमा अचानक पुगेका घुमुवा असई साहले २० हजार कमिसन दिनेभए खेल खेल्नु नभए नखेल्नु भनेपछि प्रहरी कै मिलेमतोमा जुवा तास हुने गरेको रहस्य बाहिरिएको हो ।