Close This

सर्लाहीमा एकैदिन ३८ जना संक्रमित, देशभर २२६ जनामा कोरोना संक्रमित थपिए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१९ गते   ३४९ पटक हेरिएको

सर्लाहीमा एकै दिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।कविलासी नगरपालिकामा ४ जना महिला सहित ३६ र हरिपुर नगरपालिकामा २ जना गरी जम्मा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए ।
काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार कविलासी नगरपालिकाको जनता मा.वी अगरवा क्वारेन्टाईनमा ३२ जना, र हरिपुर नगरपालिका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको र संक्रमित मध्ये ४ जना महिला समेत रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । यो संगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या १ सय ८ पुगेको छ ।
जन्ता मा.वि. अगरबा क्वारेन्टाईनमा बसेको ६० जनाको केहि दिन पहिला स्वाब संकलन गरी काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो जसमध्ये  ३६ जनामा कोरोना संक्रमण देखिएको कबिलासी नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बिरवल चौधरीले जानकारी दिए ।
कोरोना संंक्रमित सबै भारतको मुम्बई बाट आएको र कुन वडाको कति छ अहिले सम्म अधिकारीक विवरण आई नसकेकोले हामि बिवरण संकलन गरी उपचारको लागि संक्रमित सबैलाई मलंगवामा रहेको आइसुलेशन वार्डमा पठाउने अधिकृत चौधरीले बताए ।हिजो मात्र हरिपुर नगरपालिकामा ७ जना र ब्रह्म्पुरी गाउँपालिकामा ३ जना गरी एकै दिन १० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।  
यसैगरी   पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech