सर्लाहीको हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाकाे सिमाना स्थित रहेकाे लखन्देही खोला किनारमा बीभत्स अवस्थामा पुरुषकाे टाउको फेला परेको छ ।
बिहीबार बिहानै हरिवन नगरपालिका ४, स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगत लखन्देखी खोला पुल मुनी शरीरबाट छुट्ट्याएको अवस्थामा पुरुषकाे टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार घटना स्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
तत्काल हत्या गरेर फालेको जस्तो देखीएपनि शवको टाउको सोही ठाउँमा हत्या पछि फलिएको हो ? वा अन्यत्रबाट खोलाले बगाएर ल्याएको भन्ने बारे नखुलेको प्रहरी जनाएको छ । फेला परेको टाउकोको प्रकृति हेर्दा भर्खरै हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
टाउकाेकाे पहिचान र शरिरकाे खाेजतलास सुरु भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।