Close This

जिल्लामा आईसोलेसन वार्ड भरीभराउ,कोरोना संक्रमितको व्यावस्थापन चुनौतीपुर्ण बन्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१९ गते   ४४० पटक हेरिएको

जिल्ला सदरमुकाम मलंगवामा रहेको  सन्त अल्पमाई रामनारायण नर्सिङ्ग कलेजमा निर्माण गरिएको अस्थायी कारोना विशेष अस्पताल (आईसोलेसन वार्ड) कोरोना संक्रमित विरामीले भरीभराउ भएको  छ । यस अघि मात्र ४१ जना कोरोना संक्रमितलाई आइसोलेट गरिएको अस्पतालमा जिल्लाको ब्रहम्पुरी गाउँपालिकाका ३ जना संक्रमितलाई राखेपछि आईसोलेसन वार्ड भरिएको हो । 
मलंगवा नगरपालिकामा २ जना पत्रकार र हरिपुर्वाका एक जना मानसिक सन्तुलन गुमाएका कोरोना संक्रमितलाई छुटा छुट्टै कोठा दिनु परेकोले ५० बेड क्षमता भएको आईसोलेसन कक्ष ४४ जना मै प्याक भएको अस्थाई कोरोना विशेष अस्पतालका मलंगवाका चिकित्सकले बताएका छन । आईतबार मात्र जिल्लाको ब्रहम्पुरी गाउपालिकाका ३ जना सहित हरिपुर नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको थियो । ब्रहम्पुरीका ३ जना संक्रमित मलंगवा स्थित आईसोलेसन वार्डमा अटाएपनि हरिपुर नगरपालिकाका ७ जना कोरोना संक्रमितका लागि हरिपुर नगरपालिकामै आईसेलेसन वार्डको व्यवस्था मिलाईएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि.सी.ले जानकारी दिनु भयो ।
हरिपुर नगरपालिकाका ७ जना संक्रमितलाई हरिपुर नगरपालिका स्थित फरहदवामा आईसोलेसन वार्ड स्थापना गरि आईसोलेट गरिएको प्रजिअ जि.सींले बताउनु भयो । थप आवश्यक व्यावस्था मिलाउन प्रदेश सरकार,स्थानीय सरकार तथा जिल्ला अस्पताल मलंगवासंग सहजीकरण गरि काम अगाडि बढाईसकेको प्रजिअ जि.सी.ले बताउनु भयो । चेक जांचको दायरा बढाएसंगै जिल्लामा धमाधम कोरोना संक्रमितको संख्या बढदै गएको छ । सोमबार मात्रै जिल्लाको कबिलासी नगरपालिकामा ३६ जना र हरिपुर नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय ८ पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो ।

तर कोरोनो संक्रमण पुष्टि भएका संक्रमितहरुलाई कहा आइसोलेट गर्ने भन्ने बारेमा थप समस्या उत्पन्न भएको प्रजिअ जिसीले बताउनु भयो ।अहिले जिल्लामा जम्मा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने एक जना जिल्लाको धनकौल गाउपालिकाका १४ वर्षिय बालक निको भएर डिस्चार्ज भईसकेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech