सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको शिव पार्वती वाटर एण्ड बेभरेजले उत्पादन गरेको न्यु तृष्णा पानी गुणस्तरहिन पाइएको छ । शिव पार्वती वाटर एण्ड बेभरेजले उत्पादन गरेको न्यु तृष्णा पानीको बोतल भित्र माकुरो भेटिएको हो ।
लालबन्दी बजारमा बिक्रि वितरण गरिएको पानीमा कम्पनीले उत्पादन गरेर बजारमा पु¥याए लगतै पानीको बोतलमा माकुरो भेटिएको स्थानिय एक होटल सञ्चालकले बताएका छन् । बजारमा तिब्र प्रतिस्पर्धा रहेको समयमा शिव पार्वती वाटर एण्ड बेभरेजले उत्पादन गरेको न्यु तृष्णा पानीले लालबन्दीबासीको स्वास्थ्य माथी खेलवाड गरेको पाइएको हो ।
शिव गौतमले केही समय पहिला नेस्नल वाटर एण्ड बेभरेज प्रालीका सञ्चालक समेत भएर काम गरेको समयमा पनि पानीमा माकुरा,काठको धुँलो तथा लेदोसमेत भेटिएको थियो ।यहिले आफ्नै शिव पार्वती वाटर एण्ड बेभरेज नामक कम्पनी चलाएका उनले फेरी लालबन्दीबासीको स्वास्थ्य माथी खेलवाड गरेको पाइएको छ ।
यता, शिव पार्वती वाटर एण्ड बेभरेजका सञ्चालक शिव गौतमले आफ्नोकम्पनीलेपानी बोतलमा भर्दा अटोमेसिनबाट भरि रहेको भएपनि कहाँबाट माकुरो पर्यो भन्ने आफुलाई नै आश्चर्य लागेको बताउदै पन्छीनु भयो ।
यता,पानी उत्पादन निर्देशिका २०७४ अनुसार पानी उत्पादन गर्ने कम्पनीहरुले जिआई पाइप प्रयोग गर्नु पर्नेमा प्लाष्टिकका पाईपको प्रयोग गरेको, कम्पनी सञ्चालनका लागि अनुज्ञापत्र अर्थात लाइसेन्स नलिई कम्पनी सञ्चालन गरेको पाइएको र सो विषयमा आफुले पटक पटक मौखिक जानकारी गराएको खाद्यगुण तथा प्रविधि नियन्त्रण विभाग मलंगवाका कार्यालय प्रमुख जगत चौधरीले जानकारी दिनु भयो । यता कम्पनी सञ्चालकलाई गौतमले आफुले अनुज्ञा पत्र तथा लाईसेन्स नलिई काम गरेको स्विकार गर्नु भयो ।
आवश्यक कार्बाही गर्न, आफु चाँडै स्थालगत अनुगमन गर्ने खाद्यगुण तथा प्रविधि नियन्त्रण विभाग जनकपुरका निरिक्षक प्रविन तिवारीले बताउनु भयो। उहाँका अनुसार सरोकारवाला निकायसंगको समन्वयमा स्थलगत अनुगमन गरि कार्बाही गर्ने बताउनु भयो ।
उहाँले यस अघि पनि भाडामा लिएर चलाएको नेस्नल वाटर एण्ड बेभरेज प्रालीले उत्पादन गरेको शिरिष पानी पनि बजारमा विक्रि वितणका लागि लान तयार पारिएको अवस्थामा अनलोड गरि खाद्य ऐनको २३९(घ) अनुसार मुचुल्का तयार पारी हस्ताक्षर गराएको र पानी उत्पादन तथा विक्रि वितरण नगर्ने सहमती खाद्याले गराएको थियो । तर पनि गौतमले अटेर गरि पानी उत्पादन तथा विक्रि वितरण गरि रहेको थिए ।
सर्लाहीमा सञ्चालीत ९÷१० वटा पानी उत्पादन तथा विक्रि वितरण गर्ने फयाक्ट्रीहरु मध्य अधिकांश दर्ता पनि नभएका र गुणस्तरहिन समेत रहेको व्यापारीहरुले नै बताउने गरेका छन् । हरेक ३÷३ वर्षमा मर्मत सम्भार हुनु पर्ने फ्याक्ट्रीको मेसीन १८ वर्ष सम्मपनि मर्मत नगरि सञ्चालन समेत गरेको पाइएको छ । भने शिव गौतम र अकल भण्डारीको शिव पार्वती वाटर एण्ड वेभरेजले न्यु तृष्ण पानी हरेक दिन १ हजार २ सय देखि १ हजार ४ सय कार्टुनसम्म उत्पादन गरि बजारमा विक्रि वितरण गरि रहेको छ ।