हरिवन ११ बाट ठुलो परिमाणमा नक्कली नोट सहित दुई जना पक्राउ

176 Shares

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको हरिवन नगरपालिका ११ स्थित कडरिया चोकबाट नक्कली नोट सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका ११ स्थित कडरिया चोकबाट रु एक लाख ७२ हजार नक्कली नोट सहित दुईवटा मोटरसाईकल र जिल्लाको बलरा नगरपालिका ७ का अन्दाजी २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका २ का अन्दाजी ३६ वर्षीय सन्जय सहनीलाई नक्कली नोट सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए ।
उनका अनुसार नक्कली नोट ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले २१ बण्डल हजारका नोटको साईजमा कटिङ गरेको कागजातका साथै रु एक लाख ७२ हजार नक्कली नोट र प्रदेश–२–०२७ प ४२५६ नम्वर र बीआर ३० एसी ८३१८ नम्वरका गरी दुई वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।तल्लो र माथिल्लो भागमा नक्कली हजार दरका नोट राखेर २० वटा टेष्टी बिस्कुटको पुरियाका साथै २१ बन्डल नक्कली हजार दरका नोटको साइजमा कटिङ गरिएको कागज बरामद् भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवम प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
उनका अनुसार कर्मैयाबाट लालबन्दीतर्फ आउँदै गरेको सहनी सवार प्रदेश–२–०२७ प ४२५६ नम्वरको मोटरसाइकल र सँगसँगै रहेको महरा सवार बीआर ३० एसी ८३१८ नम्वरको भारतिय मोटरसाइकललाई प्रहरीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा रोकेर खानतलासी लिंदा सहनीले बोकेको झोलाबाट नक्कली नोटसहितका सामग्री बरामद भएको हो ।बीआर ३० एसी ८३१८ नम्वरको मोटरसाइकलका चालक महराको साथमा आठ दशमलव आठ सय १० ग्राम प्रतिवन्धित लागूऔषध गाँजा समेत बरामद भएको प्रहरीले जनाएको छ । रोक्न खोज्दा उनीहरु भाग्न खोजेका प्रहरीले जनाएको छ ।
नक्कली नोटलाई तल र माथि राखेर पैसाको गड्डी जस्तो देखाउन बीचमा हजारको नोट आकारका कागज र बिस्कुट राखिएको पाइएको प्रहरीले जनाएको छ ।दुवै जनालाई अहिले ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवम प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।यी नक्कली नोट कहाँ बनाएर,कहाँ लगिदै थियो भन्ने विषयमा विस्तृत अनुसन्धान सुरु भई सकेको प्रहरीले जनाएको छ ।पछिल्लो समय बजारमा नक्कली नोटको विगविगी बढेपछि प्रहरीले थप तादरुकता देखाएको छ ।

सम्बन्धित समाचार