Close This

सिन्धुलीमा पहिलो पटक १ जनामा कोरोना संक्रमण पुष्टि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२२ गते   ३०६ पटक हेरिएको

सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना भाइरस (को भिड–१९) पुष्टि भएको छ । कमलामाई नगरपालिका १४  रानिवास क्वारेन्टाइनमा रहेका २३ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण  पुष्टि भएपछि उनलाई बिहीबार जिल्ला अस्पताल सिन्धुलीमा  ल्याइएको छ ।

रानीवासको चन्दनपुरस्थित क्वारेन्टाइनबाट ती पुरुषलाई जिल्ला अस्पताल  ल्याइएको र उनलाई आइसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल सिन्धुलीका प्रवक्ता डा.प्रसन्नराज भण्डारीले जानकारी दिनुभयो ।

डा.राजभण्डारीका अनुसार ती युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  संक्रमित पुरुष भारतबाट आइ चन्दनपुर माविको क्वारेन्टाइनमा बस्दै आएका जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताउनु भयो । 
उहाँको हेटौंडा प्रादेशिक अस्पतालमा गरिएको पीसीआर टेष्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उक्त क्वोन्टाइनबाट पहिलो चरणमा ५१ जना र दोस्रो पटक ७१ जना गरी १ सय २२ जनाको नमुना संकलन गरी कोरोना परीक्षणका लागि पठाइएकोमा ६९ जनाको परीक्षण सम्पन्न गर्दा एकजनामा कोरोनो पोजिटिभ देखिएको हो । अन्यको रिपोर्ट आउन बाँकी नै छ ।
सिन्धुलीमा पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिएपछि उच्चस तर्कता अपनाउन आग्रह गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । जिल्लामा थप संक्रमण हुनसक्ने खतरालाई मध्यनजर गर्दै लकडाउनलाई कडाइ गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । अटेर गरे कानुनअनुसारको कारबाही गर्ने प्रजिअ पाण्डेले बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech