सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित जनवादी चोक स्थित रहेको श्याम जनरल स्टोरमा सोमबार राति करिब साँढे ८ बजे लुटपाट भएको छ । लालबन्दी नगरपालिका ६ जनवादी चोक स्थित रहेको श्याम जनरल स्टोरमा लुटपाट भएको सञ्चालक श्याम प्रसाद साहले जानकारी दिए ।आफ्नो घरबाट करिव रु ४८ लाख लुटिएको श्याम जनरल स्टोरका सञ्चालक साहले दावी गरेका छन् ।मुखमा पट्टी बाँधेर आएका चार जना व्यक्तिहरुले आफ्नो घरका मानिसलाई हतियार देखाएर नियन्त्रणमा लिई लुटपाट गरेका श्याम जनरल स्टोरका सञ्चालक साहले बताए ।
त्यस्तै,उद्योग वाणिज्य संघ लालबन्दीले मंगलबार विज्ञप्ती जारी गरी व्यवसायी साहमाथि भएको सांघातिक हमला तथा डकैतीको घटनाप्रति भत्र्सना गर्दै सुक्ष्म अनुसन्धान गरी घटनामा संलग्नलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन माग गरेको छ । संघका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकी(दिपक)ले आगामी दिनमा पुनःयस्ता घटना दोहोरिन नदिन भरपर्दो सुरक्षा प्रवन्ध मिलाउन पनि माग गरेका छन् ।विज्ञप्तीमा व्यवसायीलाई यस्ता किसिमका घटनाप्रति सजग रहन पनि आग्रह गरिएको छ ।
यस घटनाका सम्बन्धमा गहिरो अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।उनका अनुसार अहिलेसम्म घटनामा संलग्न कोही पनि व्यक्ति पक्राउ परेका छैनन् ।त्यसैगरी,अहिलेको जमानामा घरमा रु ४८ लाख रकम कसरी रहन गयो,कहाबाट आएको रकम हो वा स्रोत खुल्ने रकम हो की होईन् ? की हुण्डीको रकम हो भन्ने विषयमा पनि अनुसन्धान आवश्यक रहेको जानकारहरु बताउँछन् ।उनीहरुले त्यत्रो रकम घरमा राख्नुको कारण के हो ? सो विषयमा समेत अनुसन्धान गर्नु पर्ने बताए ।