मकवानपुरमा रात्री बस दुर्घटना हुँदा ३५ जना घाईते

262 Shares

काठमाण्डौँबाट पुर्व आउँदै गरेको रात्री बस मकवानपुरमा दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् ।काठमाडौंबाट महोत्तरीका लागि आउँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस मकवानपुरको मनहरी गाउँपालिका ७ समिडाँडा स्थित पूर्व पश्चिम लोकमार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ३५ जना यात्रु घाइते भएको र त्ष्स मध्य २८ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ, भने सामान्य अवस्था रहेका तीन जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको र हेटौँडा अस्पतालमा उपचाररत चार जना घाईतेको डिस्चार्ज भइसकेका छन्।पुरानो मेडिकल कलेजमा उपचाररत २८ मध्ये १३ जनाको मध्यम र १५ जनाको अवस्था सामान्य रहेको छ। बसका चालक महोत्तरीको पिपरा गाउँपालिका २ का ३७ वर्षीय जय किशोर कापर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार