प्रदेश २ मा कोरोनाबाट १ हजार ६४ जना संक्रमित

2.8k Shares

२४ घण्टा भित्र प्रदेश नम्वर  २ मा ८३ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा  ७ जना, धनुषा जिल्लामा ८ जना, महोत्तरी जिल्लामा ३५ जना, सर्लाही जिल्लामा २७ जना र रौतहट जिल्लाका ६ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा हालसम्म १ हजार ६४ जना संक्रमित भइसकेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षण मार्फत सप्तरी जिल्ला वलान बिहुल गाँउपालिकाका २७ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुषहरु र सोही गाउँपालिका २० र २७ बर्षका २ जना महिलाहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । 

धनुषा जिल्लामा भने देबपुरा रुपैठा क्वारेण्टाइनका १९ देखि ५४ बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।  महोत्तरी जिल्लामा जलेश्वर क्वारेण्टाइनका १७ जना पुरुष, मटियानी क्वारेण्टाइनका ७ जना पुरुष, एकडारा क्वारेण्टाइनका ६ जना पुरुष, गौशाला क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाईनका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु मध्ये गौशला क्वारेन्टाइनका २२ बर्षिय  १ जना महिला संक्रमिति रहेका छन् भने अन्य क्वारेन्टाईनमा  ११ देखी ४४ बर्ष उमेर समुहका  ३४ जना पुरुषहरु संक्रमित भएका रहेका छन् । 

राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डांैबाट प्राप्त विवरण अनुसार सर्लाही जिल्लामा रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु १६ देखि ३६ बर्ष उमेर समुहका रहेको बुझिएको छ ।  

रौतहट जिल्ला ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेको ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमितहरुको संख्या बढीरहेको वर्तमान समयमा कारोनालाई जितेर सामान्य जीवनमा फर्कनेहरुको संख्या समेत बढी रहेको छ । यस २ नम्वर प्रदेशमा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात निको भएका छन् ।

सम्बन्धित समाचार