सर्लाहीको कबिलासी नगरपालिका ६ स्थित मदनपुर बजारमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन् । कबिलासी नगरपालिका ६ स्थित मदनपुर बजारबाट बरहथवा तर्फ जाँदै गरेको आलु प्याज बोकेको ज १ त ६२०३ नम्बरकोे ट्याक्टर र सोही दिशा तर्फ जादै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा चन्द्रनगर गाउँपालिका ५ महोनपुरका अन्दाजी बर्ष ४२ का सुरेन्द्र ठाकुर लोहारको ज्यान गएको छ भने बरहथवा नगरपालिका ७ का अन्दाजी बर्ष १९ का राजु ठाकुर लोहार घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार घाईते दुवै जनालाई उपचारका लागी प्रादेशिक अस्पताल मलंगवामा पठाइएकोमा मोटरसाईकल चालक सुरेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेको हुन भने राजुको उपचार भई रहेको छ ।दुर्घटना भए लगतै ट्याक्टर चालक फरार भएका र दुर्घटनामा संग्लग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।त्यसैगरी पूर्व पश्चीम राजमार्ग अन्र्तगत बागमती नगरपालिका ११ स्थित त्रियुगा प्रो.डि अगाडि मोटरसाईकलले साईकल चालकलाई ठक्कर दिएको छ ।यो समाचार तयार पर्दा सम्म उक्त दुर्घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन् ।