ब्रम्हपुरी ५ बाट गोली लोड भएको पेस्तोल बरामद्

131 Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ५ स्थित इनरुवाबाट सशस्त्र प्रहरीले गोली लोड गरिएको अवस्थमा एउटा पेस्तोल बरामद् गरेको छ ।नेपाल भारत सिमा क्षेत्रको ब्रम्हपुरी गाउँपालिका ५ स्थित इनरुवाबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले पाँच राउण्ड गोली लोड गरिएको अवस्थमा मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल बरामद् गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक विनोद राज खनालले जानकारी दिए ।उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाबाट शुक्रबार राती करिब ८ बजे गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले नेपाल भारत सिमा क्षेत्रको ब्रम्हपुरी गाउँपालिका ५ स्थित इनरुवाबाट गोली लोड गरिएको अवस्थमा पेस्तोल बरामद् गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय बीआर ३० एक्स ७७१३ नम्वरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति सशस्त्र प्रहरीको चेकिङ देख्नासाथ भाग्न खोज्दा उनीहरुको साथबाट हतियार झरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।सशस्त्र प्रहरीका अनुसार ती दुवै व्यक्ति तत्कालै भारततर्फ नै भागेका छन्  भने सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गोली लोड भएको पेस्तोल आवश्यक कार्बाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक खनालले बताए ।
नेपाल भारत खुल्ला सिमानाका कारण पछिल्लो समय अपराधिक गतिविधिहरु बढ्न थालेको अवस्थामा म्यागजिनमा गोली लोड गरिएको पेस्तोल बरामद हुनुले थप सुरक्षा चूनौती थपेको जानकारहरु बताउँछन् ।खुल्ला सिमानाको फाईदा उठाउँदै भारतमा अपराधिक गतिविधि गरि त्यस्ता समुहहरु नेपालमा प्रवेश गरेर सुरक्षित बस्ने तथा खुलम् खुल्ला नेपालमा आएर अपराधिक गतिविधिहरु गर्ने गरेका जानकारहरुको अनुमान छ ।

सम्बन्धित समाचार