चन्द्रनगर ६ कामदमा महावीर झण्डा मेला,

86 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ मा शनिबारबाट महावीर झण्डा मेला सुरु भएको छ ।साेमबार सम्म चल्ने मेलाकाे मधेश प्रदेश सरकारका अर्थ मन्त्री संजय यादवले उद्घाटन गरेका चन्द्रनगर गाउँपालिका ६ का वडा अध्यक्ष रामलस्वरुप राउतले जानकारी दिए ।

मेला मितिका अध्यक्ष सन्ताेष कर्णकाे अध्यक्षता तथा मधेश सरकारका अर्थ मन्त्री यादवकाे प्रमुख आतिथ्यता चन्द्रनगर गाउँपालिका ६ स्थित कामद गाउँमा आयाेजना गरिएको महावीर झण्डा मेलामा चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महताे,चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महताे,चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार सिँह,नेकपा(माओवादी केन्द्र)चन्द्रनगर गाउँ कमिटि अध्यक्ष लाेकेन्द्र मुखिया र माओवादी केन्द्रका नेता नवीन यादव लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार