रसिद विनै रकम असुलेको जनज्योतिले आफ्ना गल्ती लुकाउन विज्ञप्ती जारी गर्यो

167 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९,बस्तीपुरमा रहेको जनज्योति मा.विले आफुले गरेका गल्ती लुकाउन समाचारको खण्डन गर्दै विज्ञप्ती जारी गरेको छ।विद्यालयका प्रधानाध्यापक विष्णु पोख्रेल र अवैध तरिकाबाट रकम असुल्ने विद्यालयका शिक्षक भरत राज दाहालसंग कुरा गरी सोही अनुसार फागुन १९ गते कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबर डटकम नामक अनलाई पत्रिकाले “रसिद विनै विद्यार्थीहरुबाट शुल्क असुल्दै लालबन्दी ९ को जनज्योति मावि”शिर्षकमा समाचार प्रकाशन गरेको थियो।त्यसपछि अत्तालिएको विद्यालय प्रशासनले विद्यालयको विशेष ध्यानकर्षण भएको भन्दै अत्तालिएर विज्ञप्ती जारी गरेको हो ।
उसको विज्ञप्तीमा“प्रस्तुत विषयमा कमलामाई खबर पत्रिकामा मिति २०८०/११/१९ गते प्रकाशित समाचार सम्बन्धमा विद्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । प्रकाशित समाचार अनुसार जनज्योति माध्यमिक विद्यालय लालबन्दी ०९, सर्लाहीले रसिद बिनाने विद्यार्थीहरुबाट शुल्क लिएको भन्ने समाचार सम्बन्धमा कक्षामा अधिक अनुपस्थित हुने र परीक्षा दिनबाट बञ्चित भएका विद्यार्थीहरुको पुन परीक्षा संचालन र व्यवस्थापन गर्न सहयोग स्वरूप केहि रकम लिएको र उक्त रकम नियमानुसार विद्यालयको खातामा जम्मा गरिएको र सहयोग रकमको रसिद विद्यार्थीहरुलाई उपलब्ध गराइएको हुँदा उक्त रकमलाई विद्यालयबाट नियमानुसार खर्च गरिनेछ ।
साथै समाचारमा उल्लेखित प्राविधिक शिक्षा तर्फको प्रयोगात्मक कक्षा संचालन सम्बन्धमा पाठ्यक्रममा तोकिएको प्रयोगात्मक कक्षाहरु नियमित रुपमै संचालन भइरहेको व्यहोरा सम्बन्धित सबै सरोकारवालहरुको जानकारीको लागि अनुरोध गरिन्छ ।”भनिएको छ ।तर विद्यालयले फागुन २० गते विज्ञप्ती जारी गरेपनि समाचार प्रकाशन भएदेखि बाँकी विद्यार्थीहरुसंग रकम असुली गरेको छैन् । भने फागुन २१ गते सम्मपनि पैसा दिएका विद्यार्थीहरु रसिद दिएको छैन् ।जसबाट पनि विद्यालय प्रशासनले आफु जोगिन अत्तालिएर विज्ञप्ती जारी गरेको प्रष्ट हुन्छ ।
के थियो फागुन १९ गते प्रकाशित समाचारमा ?
सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित बस्तीपुरमा रहेको जनज्योति मा.विले विद्यार्थीहरुबाट अवैद्य तरिकाले रकम असुली गरेको छ।लालबन्दी नगरपालिका ९ स्थित बस्तीपुरमा रहेको जनज्योति मा.विले कुनै रसिद विना करिब ६५ जना विद्यार्थीहरुसंगबाट प्रति विद्यार्थी रु पाँच सय असुलेको हो ।विभिन्न कारणवस नियमित हुने परिक्षामा सहभागी हुन नपाएका तथा विद्यालयमा नियमति उपस्थित हुन नसकेका विद्यार्थीहरुबाट परिक्षा सञ्चालन र कपिचेक जाँचको बाहनामा रसिद नै नदिई प्रति विद्यार्थी रु पाँच सयका दरले रकम असुलेका प्रमाण कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएको हो ।
विभिन्न प्राविधिक कक्षाहरु समेत सञ्चालन गरेको विद्यालयले प्राविधिक तर्फ प्रयोगात्मक नगराउने गरेका तथा कक्षामा पाँच मिनेट ढिलो पुग्ने विद्यार्थीहरुबाट त पहिला देखि नै असुली चलाई रहेको गुनासो आएको नै थियो ।परिक्षाका साथै मासिक रुपमा लाग्ने शुल्क समेत एक मुष्टमा तिरि सकेका विद्यार्थीहरुका साथै अभिभावकहरुले विद्यालयले नियमित परिक्षामा छुटेका विद्यार्थीहरुबाट पनि रसिद विना रकम असुल्ने गर्दा समस्यमा परेको गुनासो गरेका छन् ।
नियमित परिक्षामा छुटेका करिब दुई सय जना विद्यार्थीहरु मध्य करिब ६५ जना विद्यार्थीहरु मात्रै छुटेको परिक्षामा सहभागी भएका र उनीहरुबाट प्रति विद्यिार्थी रु पाँच सयका दरले दण्डस्वरुप रकम लिएको साथै रसिद नकाटेको विद्यालय स्रोतले स्वीकार गरेको छ । विद्यालयका शिक्षक भरत राज दाहालले नियमित परिक्षामा छुटेका करिब दुई सय जना मध्य करिब ६५ जना विद्यार्थीहरु छुटेको परिक्षामा सहभागी भएका र उनीहरुबाट रसिद नकाटी प्रति विद्यिार्थी रु पाँच सय लिएको स्वीकार गरे ।
उनले विद्यालयको बगैँचाको व्यावस्थापन गर्न र कपि चेक गर्न दण्ड सजाय स्वरुप प्रति विद्यार्थीहरु पाँच सयका दरले रसिद नकाटी पैसा लिएको बताए ।उनले कक्षा कोठामा ढिलो आउने विद्यार्थीहरुसंग पनि रु पाँच देखि रु १० प्रतिदिन कक्षागत शिक्षक तथा विद्यार्थी कमाण्डरले लिने गरेको समेत बताए ।उनले विद्यार्थीहरुबाट यसरी लिएको रकम रसिद काट्दा समस्या हुने समेत बताए तर उनले सो रकम दुरुपयोग नहुने दाबी गरे ।शिक्षक दाहालले सो रकम दुरुपयोग नहुने दाबी गरेपनि रसिद नकाटी रकम असुल्नु नै विद्यालय प्रशासनको नियममाथि श.का गर्नु पर्ने जानकारहरु बताउँछन् ।
यता,कुन विद्यार्थीबाट कति रकम ? र कसरी लिईएको छ ? भन्ने विषयमा आफुलाई जानकारी नभएको विद्यालयका प्रधानाध्यापक विष्णु पोख्रेलले बताए ।उनले शिक्षक दाहालले रकम लिएका छन् भन्ने थाहा पाएको भएपनि कुन प्रयोजनबाट र कुन प्रयोजनका लागि सो रकम लिएको साथै कसरी लिईएको छ भन्ने विषयमा शिक्षक दाहालसंग आफुले बुझ्ने समेत बताए ।यसबाट पनि विद्यालय प्रशासनको मिलेमतोमा वा शिक्षक दाहाल आफैँले आफुखुसी रकम लिए भन्ने शंका सृजना भएको छ भने रसिद नकाटी रकम असुल्नुले जनज्योति माविमाथि मात्रै नभई सबै सामुदायिक विद्यालयहरुमाथि शंका गर्नु पर्ने अवस्था सृजना भएको छ ।जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यामको नाममा समेत रकम असुली गरेका गुनासाहरु आएका छन् ।
(नोट : यो समाचार प्रकाशन पुर्व विद्यालयका प्रधानाध्यापक पोख्रेल र रकम असुली गर्ने शिक्षक दाहालसंग सो विषयमा फोनमा कुरा भएको थियो भने रकम दिएर रसिद नपाएका विद्यार्थीहरुको गुनासो अडियो रेकर्ड सुरक्षित रहेको छ ।)

सम्बन्धित समाचार