सर्लाहीको ईश्वरपुरमा ११४ औं अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा आज(बिहीबार)प्रभात फेरि निकालिएको छ।ईश्वरपुर नगरपालिकाको आयोजना तथा ग्रामीण नारी उत्थान संघ हरिपुर,बागमती सेवा समाज नेपाल हरिवन र रुपान्तरण नेपालको सहयोगमा प्रभात फेरि निकालिएको हो ।
११४ औं अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा आज(बिहीबार)नगरपालिका कार्यालयदेखि नारायण बहुमुखी क्याम्पस सम्म र त्यहाँबाट फेरि नगरपालिका कार्यालयसम्म प्रभातफेरि निकालिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी संयोजक गायत्री चौधरीले बताईन् ।
उनका अनुसार प्रभातफेरि पश्चात नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न क्षेत्रमा क्रियाशील १३ जना महिलालाई सम्मान समेत गरिएको छ । महिला दिवसकै अवसरमा आयोजित बतृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय भक्तिपुर पहिलो,नारायण माध्यमिक विद्यालय बयलवास दोस्रो र लालिगुराँस आवासिय विद्यालय बयलवास तेस्रो भएका नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरि प्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार पहिलो हुने विद्यालयलाई रु दुई हजार,दोस्रो हुने विद्यालयलाई रु एक हजार पाँच सय र तेस्रो हुने विद्यालयलाई रु एक हजार नगद तथा कदरपत्रसहित इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्य,उप प्रमुख रन्जितादेवी चौधरी सहितका जनप्रतिनिधिहरु र कर्माचारीहरुले सम्मान गरेका छन् ।