धार्मिक तथा सामाजिक सहिष्णुता कायम गराउन माग गर्दै हरिपुरमा शान्तिपूर्ण विरोध प्रदर्शन

200 Shares

धार्मिक तथा सामाजिक सहिष्णुता कायम गराउन माग गर्दै सर्लाहीको हरिपुरमा स्थानीयले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।गुस्ताखे रसुललाई कार्बाही गर,धार्मिक तथा सामाजिक सहिष्णुता कायम गर भन्दै हरिपुर नगरपालिकाका स्थानीयले विरोध प्रदर्शन गरेका हुन।शान्तीपुर्ण र्याली सहित हरिपुर नगरपालिका ६ का निवर्तमान वडा अध्यक्ष ईदि मन्सुरको नेतृत्वमा निस्केका स्थानीयले ईलाका प्रहरी कार्यालय हरिपुरमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
ईस्लामिक धर्ममाथि आघात पुग्ने गरि सामाजिम सञ्जालमा अनावश्यक कुराहरु लेखेको भन्दै आफुहरुले विरोध गरेको हरिपुर नगरपालिका ६ का निवर्तमान वडा अध्यक्ष एवम आन्दोलनका अगुवा मन्सुरले बताए ।उनले नेपाल बहुजातीय,बहुभाषिक,बहुसाँस्कृत र सामाजिक सहिष्णुता भएको देश भएपनि केही मानिसले यसलाई धार्मिक तथा सामाजिम युद्धको रुपमा  लिन खोजेको तर आफुहरुले हिस्सा नचाहेको कारण शान्तिपुर्ण रुपमा प्रदर्शन गरिएको समेत बताए ।
पहिलो चरणमा आफुहरुले धार्मिक तथा साँस्कृतिक सद्भाव कायम गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको र यसलाई प्रहरी प्रशासनले वेवास्था गरे कडा रुपमा आन्दोलनमा उत्रने ओल्मा काउन्सिल सर्लाहीका अध्यक्ष मोहमद रजाउल्लाहले बताए ।कुनै जात,धर्म,लिङ्ग तथा समुदायका विषयमा केही मानिसले सामाजिक सञ्जालमा गरेको कुप्रचार प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको मो.रहमत अलिले बताए।उनले यस प्रकारका गतिविधिहरु गर्ने माथि कडा कार्बाही हुनु पर्ने समेत बताए ।

सम्बन्धित समाचार