देश राजनीतिक र आर्थिक रुपले आक्रान्त भएको छ : स्थायी कमिटि सदस्य अनिल

131 Shares

देश राजनीतिक र आर्थिक रुपले आक्रान्त भएको विप्लव सि नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य एवम मधेश प्रदेश ईन्चार्ज अनिल सिले बताए।

उनले २०५२ सालकाे पाहाडकाे अवस्था अहिले मधेशमा रहेकाे भन्दै मधेशी दलहरुले मधेशी जनालाई दमन,उत्पिडनमा पारेका र शाेषण गरेका समेत बताए । नेपाल कम्युनिस्ट पार्टीको सर्लाही जिल्ला पार्टी कार्यालय उद्घाटन गर्न सर्लाही आएका अनिल सिले नेपालका कम्युनिष्ट पार्टीहरु पैसाका पछाडि कुद्न नहुने बताउँदै उनले गरिव,विपन्न,शाेषण र दमनमा परेका नागरिकहरुकाे पक्षमा काम गर्न समाजवादकाे विकल्प नभएको र त्याे समाजवाद नेपाल कम्युनिस्ट पार्टी विना सम्भव नरहेकाे समेत बताए । उनले देशकाे अवस्था हेरेर निर्वाचनमा जाने नजाने भन्ने निर्णय हुने समेत बताए ।

मधेश प्रदेश कै पहिलाे जिल्ला पार्टी कार्यालय सर्लाहीमा उद्घाटन भएको पार्टीका केन्द्रीय सदस्य एवम सर्लाही ईन्चार्ज कमल सिले बताए ।उनले पार्टी खुल्ला राजनितीमा आएपछि देशैभरी कार्यालयहरु स्थापनाकाे काम धमाधम भई रहेकाे समेत बताए ।

विप्लव सि नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।सर्लाहीको लालबन्दी नगरपालिका ६ सर्लाहीमा पार्टीका स्थानीय कमिटि सदस्य एवम मधेश प्रदेश ईन्चार्ज अनिल सिकाे प्रमुख आतिथ्यतामा भएको कार्यालय उद्घाटन गरिएको जिल्ला सेक्रेटरी जनक सिले जानकारी दिए ।

उनमा अनुसार नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज एवम केन्द्रीय कमिटि सदस्य कमल सिकाे विशेष आतिथ्यता लगायत जिल्ला कमिटिका पदाधिकारी एवम सदस्यहरुका साथै पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार