सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले आफुले दुःख पाएपनि बागमती बासीलाई आफुु बाँचुन्जेल दुःख भोग्न नदिने बताएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्धा दाहेर गरेर विवादित बनाइएका नगर प्रमुख थापाले आफुमाथि लागेको आरोपहरुको खण्डन गर्दै आफुु बाँचुन्जेल बागमती बासीलाई दुःख भोग्न नदिने बताएका हुन्।
उनले“वगरलाई पर्यटकिय शहर वनाइयो,अभिशाप भयो।काम नगर्ने,कागज मिलाउने सम्मानित हुन्छन,काम गर्ने अपमानित हुनुपर्दो रहेछ।सवैलाई सम्मान छ ।मैले दुःख पाए पनि म वाचुन्जेल सबैलाई खुसि बनाउने प्रयत्न गर्नेछु।” आफ्नो सामाजिक सञ्जाल मार्फत लेखेका छन् ।
सामाजिक सञ्जालहरुका साथै मिडियामा कम देखिने नगर प्रमुख थापाले“२०७५ चैत्र २ गते बागमती नगरपालिका÷नगर कार्यपालिकाले सर्वसम्मत रुपमा बागमती नदी उकास जग्गाको १ सय ५० विगाह क्षेत्रफलको जग्गा उपयोग गरि माछा पोखरी निर्माण गर्ने गरि इम्पेरिकल इन्जिनियरिंगले तयार गरेको डिपिआर स्वीकृत गरेको र इजिपी प्रणालीबाट वोलपत्र आब्हान गरि निर्माण कार्य गरिएको,२०७६ असार १० गतेको बागमती नगरपालिका÷नगर कार्यपालिकाको निर्णयले उत्खनन् हुने नदी जन्य पदार्थको व्यवस्थापन कार्ययोजना,विक्री कार्ययोजना,बजेट व्यवस्थापन कार्ययोजना डिपिआर स्वीकृत गरेको”बताएका छन् ।
उनले“पहिला माछा पालनको मात्र उद्देश्य रहेकोमा पछि वोटिंग लगायत पर्यटकीय गतिविधि समेतको सम्भावना देखिएकोले थप गहिराइ गर्ने गरि बागमती नगरपालिका/नगर कार्यपालिकाले निर्णय गरेको,मार्ग इन्जिनियरिंग कन्सल्टेन्सीले पेश गरेको डिटेल इन्जिनियरिंग स्टडि फोर इन्क्रीमेन्ट अफ डेप्थको आधारमा बागमती नगरपालिका÷नगर कार्यपालिकाले २०७९ पौष २३ गते थप गहिराइ कायम गर्ने निर्णय गरेको,आयोजनाको स्कोप र आवश्यकता वढेको कारण बागमती नगरपालिका/नगर कार्यपालिकाबाट प्राविधिक प्रतिवेदनको आधारमा निर्णय गरि थप गहिराइ कायम गर्न डिपिआरमा तोकिए भन्दा वढी उत्खनन गर्नु परेको”बताए ।
व्यवस्थापन परामर्श तथा अध्ययन केन्द्र परामर्श दाताले तयार पारेको आइईई जिल्ला समन्वय समितिबाट स्वीकृत भए पछिमात्र उत्खनन् कार्य भएको,जिल्ला समन्वय समितिबाट प्राप्त आइ ईई फर्जि होइन र स्वीकृत भएको आइईई छलफलमा सागरनाथ वन विकास परियोजनाका रेन्जर दिपेन्द्र महतोको प्रतिनिधित्व रहेको,ताल निर्माणाधिन अवस्थामा रहेको र इआइए गर्ने प्रकृयामा रहेको,वातावरणीय प्रभाव मूल्यांकन(आइईई)का कतिपय कार्यहरु भइरहेको, वातावरण संरक्षण ऐनले आयोजना निर्माणको चरणमा समेत वातावरणीय प्रभाव मुल्यांकन(आइईई) गर्न सकिने व्यवस्था गरेको र सोही अनुसार काम भएको,वातावरणीय प्रभाव मूल्यांकन(आइईई)क्रममा आएका सुझावहरु समेटेर थप अघि वढ्न सकिने अवस्था रहेको र सोही अनुसार काम गरेको नगर प्रमुख थापाले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा उल्लेख गरेका छन् ।
पानी उपयोग सम्बन्धि स्पष्ट कानूनी व्यवस्था नरहेको साथै हाल सम्म पनि तहगत सरकार वीच कसरी नदीहरुको जल उपयोग गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट कानूनी व्यवस्था नरहेको,निर्माणाधिन अवस्थामा रहेकोले परीक्षणको लागि स्थानीय सिचाइ व्यवस्थापनलाई असर नपर्ने गरि बागमती सिचाई आयोजनाबाट छोडेको पानीको प्रयोग गरिएको,आयोजनाको पुर्णता संगै पानी सम्बन्धी विषयको कानूनी तथा न्यायिक निरुपण हुने गरी कार्यसञ्चालन गरिने र पानीको उपयोग पश्चात पुन नदीतर्फ नै पानी छोडिने प्रणालीको व्यवस्थापन गरिएको उनले बताएका छन् ।
Water to Pond, Pond to Irrigation प्रणाली व्यवस्थापनको पनि विकल्प रहेको,जलस्रोत ऐन,२०४९ संसोधन २०७५ को दफा १० (क) प्रदेश तथा स्थानीय तहले जलस्रोतको उपयोग वा विकास गर्न सक्ने र स्थानीय तहले जलस्रोत सम्बन्धि कानून बनाइ लागु गर्न सकिने व्यवस्था भएको तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को परिच्छेद ३ दफा १२ (२) ट(१) ध(१) र दफा ११ (४) को ड.(१) मा जल उपयोग,सिचाइ र खानेपानी सम्बन्धी स्थानीय नीति कानून मापदण्ड योजना कार्यान्वयन अनुगमन र नियमन गर्न काम कर्तव्य र अधिकार स्थानीय तहको रहने हुंदा जिल्ला जलस्रोत अन्य निकायबाट स्वीकृत नलिएको नगर प्रमुख थापाले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा उल्लेख गरेका छन् ।
“यसमा हाम्रो स्पष्ट धारणा छ।सागरनाथ वन विकास परियोजनाको जग्गा होइन्।वुढी वागमती नदी उकास जग्गा हो।वगरको रुपमा थियो।सगारनाथ वन विकास परियोजनाले कुनै वृक्षरोपण पनि नगरेको,खेर गएको खाली नदीको वहाव क्षेत्र वगरको रुपमा रहेको जमिनको स्थानीय सरकारको हैसियतले उपयोग गरिएको हो।जग्गा विवादको विषयमा पालिका न्यायलयमा समेत जाने प्रकृयामा रहेको,उक्त वगर क्षेत्रमा पोखरीको साथै पोखरीमा रहेको पांगो माटो उपयोग गरि करीव ९० विगाह जग्गामा १० हजार आंपका विरुवाहरु रोपी नगर वगैँचा समेत निर्माण गरिएको,वागमती नदीसंगै जोडिएको,उपयोगमा आउन नसकेको जग्गाालाई उत्पादन,पर्यटन र रोजगारीसंग जोडिएको हो।”उनले बताएका छन् ।
“गाउँ गाउँमा सिंह दरबार” नारामा मात्रै सिमित नराखी नमुना स्थानीय तह,नागरिकहरुका प्रत्यक्ष सरोकारकार विषयमा स्थानीय तह र जनप्रतिनिधिहरु लाग्नु पर्छ भनेर स्थानीय तहलाई नमुना बनाउने काम गरेको,रोजगारीको शिलशिलामा लाखौ युवा विदेशिनु पर्ने बाध्यतालाई थोरै भएपनि स्थानीय स्तरमा रोजगारीमा लगाउन सफल भएको र कमजोर उत्पादन प्रणालीको कारण आयातमा निर्भर रहनु पर्ने बाध्यतालाई थोरै भएपनि मल्हम लगाउने काम गर्दा यो सबै देख्न नसक्नेहरुले आफु लगायत बागमती नगरपालिकाका अन्य जनप्रतिनिधिहरु र कर्माचारीहरुलाई दुःख दिने काम गरेको”उनले बताएका छन् ।
“हाम्रो देशमा कयौँ नदी उकास जग्गाहरु छन्,स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापन गरि आय आर्जन गर्न सक्ने बाटो खुल्ला गरेको छ।रोजगारीको लागि विदेशीने लाखौ युवाहरुलाई स्वदेशमा राक्ने,उत्पादन बृद्धि गर्ने तथा रोजगारी सिर्जना गर्ने जिम्मेवारी स्थानीय तहको भएकाले पनि सोही अनुसारको काम गरेको” उनले बताएका छन् ।
सागरनाथ वन विकास परियोजनाको जग्गा हो भने किन उपयोग गर्न नसकेको,किन उत्पादन र रोजगारी सिर्जना गर्ने र वातावरण सरक्षणका कार्यहरु गर्न नसकेको,यतिको काम हुँदा समेत मौन किन बसेको,अहिले बागमती नगरपालिकाले गरेको कामले राज्यलाई के हानी नोक्सानी गरेको छ ?विवाद होइन वरु विकासको लागि हातेमालो गर्न सरोकारवाला सवै निकायलाई अनुरोध र्गछु,कमसेकम नमूना काम गरौँ,यस्तै हुन्छ भने स्थानीय सरकारले अव कुनै रचनात्मक कार्य गर्छन जस्तो मलाई लाग्दैन । उनले लेखेका छन् ।
कुल परिमाण (बल्किंग सहित) पोखरी( प्रथम खण्ड) २० लाख ३३ हजार दुई सय ८१ दशमलव २५ घनमिटर सर्वे विधि प्रतिवेदन दिएको र पोखरीको दोस्रो खण्ड १८ लाख ३२ हजार पाँच सय ४९ दशमलव ७५ घनमिटर गरी कुल ३८ लाख ६५ हजार आठ सय ३० दशमलव ७५ घनमिटर कुल परिमाण (बल्किंग सहित) उत्खनन् गर्न पाउने व्याथिमेट्रिक सर्वे डोरिक भिल्ला इन्जिनियरिंग कन्स्लटेन्सी प्रा.लि.ले प्रतिवेदन बनाएको,बल्किंग ड्र्याक्टरको लागि इन्जिनियरिंग मेटरियल टेस्टिंग ल्यावोरेटरी एण्ड रिसर्च सेन्टर प्रा.लि.बाट ल्याव परीक्षण गरिएको समेत बताएका छन् ।
सो खोपरी निर्माणको क्रममा हालसम्म बल्किंग सहित ४० लाख ९० हजार सात सय ६६ दशमलव ०७ घनमिटर उत्खनन् भएकोमा आठ लाख ५६ हजार छ सय ८२ दशमलव ७९ मनमिटर विक्री ११ लाख २४ हजार सात सय १९ दशमलव ९०७ घनमिटर उपयोग गरिएको र २१ लाख नौ हजार तीन सय ६३ दशमलव ३७ घनमिटर भण्डारण गरिएको उनले बताएका छन् ।उनले कुल ४० लाख ९० हजार सात सय ६६ दशमलव ०७ घनमिटर उत्खनन् भएको भएपनि विरोधीहरुले ४७ लाख घन मिटर उत्खनन् भएको आरोप लगाएका समेत उनले बताएका छन् ।
उत्खनन भएको सम्पुर्ण परिमाणको विषयमा प्राविधिक प्रतिवेदन तयार गरिएको र कम लागतमा पालिकाको आयोजनाहरु सम्पन गर्ने प्रयोजनको लागि त्यसबाट उत्खनन् भएको परिमाणहरुको उपयोग गरिएको समेत बताएका छन् ।बल्किंग सहित ३८ लाख ६५ हजार आठ सय ३० घन मिटर उत्खनन भएको,जसमध्ये ११ लाख २४ हजार सात सय २० घन मिटर पालिकाको आयोजनामा प्रयोग भएको,वाकि विक्री तथा भण्डारण गरि राखिएको अवस्था,पोखरी खन्दा ढुगां,गिटी,वालुवा मात्र नभइ निर्माण आयोजनामा प्रयोग नहुने पांगो माटोलाई वगर क्षेत्रमा प्रयोग गरि आँप बगैँचा निर्माण गरिएको अनुगमन गर्दा समेत स्पष्ट देख्न सकिने उनले बताए ।
उक्त पोखरी निर्माण गर्दा उत्खनन् कार्य जन सहभागितामा राज्यको लगानी र खर्च विना उत्खनन् गर्दा आएका सामाग्रीहरु ढुवानी गरि भण्डारण गरिएको,चलन चल्तीको दर रेट अनुसार राज्यको खर्च गरेर उक्त कार्य गर्नु परेको भए खनेर ढुवानी गर्न मात्र रु ७५ करोड भन्दा वढी लाग्नोन यो सवै स्थानीय सहभागितामा गर्दा राज्यको खर्च नभएको उनले बताए ।उनले दोस्रो खण्ड पोखरी नापी गर्दा आयोगले हाम्रो पुरानो वेन्च मार्क तथा पुरानो जमिन लेवल वारेमा कुनै समन्वय नगरेको समेत बताएका छन् ।
“आयोजना सम्पन्न पश्चात पालिका आत्म निर्भर हुने,रोजगारी सिर्जना हुने,बहुउद्देश्यीय माछा पोखरीको रुपमा विकास भइ रहेको,हाल परीक्षण कालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना भएको,देश विदेशबाट पर्यटकहरु आगमन हुने गरेको,पर्यटन क्षेत्रबाट समेत राजश्व संकलन भइ प्रदेश सरकार र स्थानीय सरकार वीच वांडफांड भइ रहेको,जमीन मुनीको पानीको रिचार्जको काम गरेको,दक्षिण तर्फका इनारहरुमा पानी रिचार्ज भइ पानीको सतह माथी आउन थालेको कारण पिउँने पानीको हाहाकारमा रहने बागमतीबासी कलहरुमा सहजै पानी आएपछि त्यो समस्याबाट मुक्त भएका,माछा पालनको लागि अध्ययन भइ रहेको,ठुलो स्केलमा माछा उत्पादन गरि खाद्य सुरक्षामा समेत सकारात्मक योगदान दिन सक्ने तथा आयात प्रतिस्थापन गर्न सकिने” उनले बताएका छन् ।
“संविधानको मर्म र भावना अनुकुल तहगत सरकारको सहलगानीमा आयोजना सञ्चालन भएको,संघीयता अनुकुलनको लागि तहगत सरकार वीच समन्वय,साझेदारी र सहअस्तित्वको शिद्धान्तको अवलम्वन गरिएको साथै स्थानीय तहले आफ्ना सम्भावनाका क्षेत्रहरु तथा तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरेर अगि वढ्न सक्दैनन भने साचो अर्थमा संघीयताको अर्थ रहन्न,यो यथार्थलाई सवैले मनन गर्नु पर्ने”नगर प्रमुख थापाले बताए ।