सर्लाहीको हरिवन ११ मा पत्रकार महासंघले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाद्वारा रक्तदान

440 Shares

नेपाल पत्रकार महासंघ शाखा सर्लाहीले आज(बिहीबार)हरिवनमा गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।महासंघ शाखा सर्लाहीले २० औँ विश्व रक्तदाता दिवसको अवसरमा हरिवन नगरपालिकाको आर्थिक सहयोग तथा रक्तसञ्चार सेवा केन्द्र धनुषा र भैरवी दल गण पाँचकुमारी ब्यारेक लालबन्दी नगरपालिका २ सँग सहकार्य गरी हरिवन नगरपालिका ११ स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि.को अगाडि गरेको रक्तदान कार्यक्रममा सात जना महिलासहित ७५ जनाले रक्तदान गरेका नेपाल पत्रकार महासंघ शाखा सर्लाहीले जनाएको छ ।
१३ जना संचारकर्मी,२५ जना सुरक्षाकर्मी र अन्य ३७ जना सर्वसाधारणले कार्यक्रममा सहभागी भई रक्तदान गरेका नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।संकलित रगत नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित रक्त सञ्चार केन्द्र (ब्लड बैंक) धनुषा पठाइएको महासंघले जनाएको छ।हरिवन नगरपालिकाकी नगर उप प्रमुख हरिमाया घलानले रक्तदान कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।
रक्तदान कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा,भैरवी दल गण पाँचकुमारीका ब्यारेक लालबन्दी २ का गणपति एवम प्रमुख सेनानी सूर्यबहादुर कार्की,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह,सशस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा.गण सर्लाहीका सशस्त्र प्रहरी नायब उपरीक्षक रोहित बहादुर घिमिरे र बागमती सेवा समाज नेपालका निवर्तमान अध्यक्ष भरतकुमार कार्कीलगायतको आतिथ्यता रहेको आयोजकले जनाएको छ ।कार्यक्रममा सहजिकरण गर्न सहयोग गर्ने स्वास्थ्यकर्मी एवम सुरक्षाकर्मीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरिएको तथा रक्दतातालाई प्रमाणपत्र समेत उपलब्ध गराइने नेपाल पत्रकार महासंघ शाखा सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार