सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवासमा रहेको नेपाल विद्युत् प्राधिकरणको फ्युज सेन्टरका कर्माचारीमाथि भएको कुटपिट र कार्यालयको तोडफोडको विषयमा छ बुँदे सहमती भएको छ।इश्वरपुर नगरपालिका वडा नम्बर ६ र ७ को संयुक्त वडा कार्यालयमा रहेको फ्युज सेन्टरमा कार्यरत कमर्माचारीहरु सुजन खरेल(शर्मा) र प्रवीण कुमार यादवमाथि बुधबार कार्यालयमै कुटपिट भएको थियो।सो विषयमा बिहीबार ईश्वरपुर नगरपालिकाको कार्यालयमा भएको छलफलमा छ बुँदे सहमती भएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार घटनाका दोषीलाई प्रमुख जिल्ला अधिकारीले कारवाही गर्ने,ईश्वरपुर नगरपालिका १,२ र ३ मा विद्युतका कर्माचारीलाई मिटर रिडिङ गर्न दिने,विद्युतका कर्माचारीहरुले पनि व्यवहार सुधार गर्ने,माछापालक किसानहरुको माग बमोजिम माछा पालनका लागि प्रयोग भएको मिटरलाई सिँचाई अन्तर्गत राखेर विद्युत महशुलमा छुट गराउन सम्वन्धित निकायहरुमा लेखि पठाउने लगायतका सहमती भएका छन् ।
ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्य,प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी,नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख त्रिभुवन यादव लगायतको उपस्थितिमा यस्तो सहमती भएको हो ।फ्युज सेन्टर बयलवासमा केही मानिसहरु आएर फ्युज सेन्टर बयलवासका कर्माचारीहरु माथि कुटपीट गर्नुका साथै कार्यालयको काउन्टरमा रहेको कम्प्युटर तोडफोड गरेपछि ईलाका प्रहरी कार्यालय बयरलवास, केशरगन्जले दुई जनालाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा कारवाही अघि बढाएको जनाएको छ ।
कम्प्युटर नै तोडफोड भएपछि बयलवासबाट तत्कालका लागि बिजुलीको महशुल लिने काम बन्द भएको छ।अब केन्द्रिय कार्यालयबाट कम्प्युटरसहितका उपकरण ल्याएर छिट्टै महशुल संकलन कार्य सूचारु गरिने वितरण केन्द्र लालबन्दीका प्रमुख यादवले बताए ।
सो क्षेत्रका माछापालक किसानहरुले प्राधिकरणले बिजुलीको प्रतियुनिट दुई रुपैयाँ पाँच पैसाबाट एकैचोटी महशुल रु ११ पुर्याएको भन्दै केही समयअघि देखि नै असन्तुष्टी व्यक्त गर्दै आएका थिए।जसका कारण प्राधिकरणले माछापालक किसानहरुले कर्माचारीहरुलाई मिटर रिडिङ गर्नै नदिएको दावी गरेको छ।र्काचारी खटिएर जाँदा हुकिङ लगाएर मिटर तथा मोटर चलाएको पाइए पछि मिटर बरामद् गरेर ल्याएको आक्रोसमा कर्माचारीमाथि आक्रमण हुन पुगेको वितरण केन्द्र लालबन्दीका प्रमुख यादवले बताए ।
विद्युत कर्माचारीहरुका विभिन्न संघ÷संगठनहरुले विज्ञप्ती जारी गरी दोषीलाई कारवाही गर्न र कर्माचारीहरुलाई सुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।यता, प्रहरीले नियन्त्रणमा राखेको दुई जनालाई रिहा गर्न माछा पालक किसानहरुले माग गर्दै आएका छन् ।ईश्वरपुर नगरपालिका १,२ र ३ का साथै चन्द्रनगरका माछा पालक किसानहरुले इलाका प्रहरी कार्यालय बयलवास,केशरगन्ज अगाडि प्रदर्शन एवम धर्ना समेत दिएका थिए ।