सर्लाहीका विभिन्न सिमानाकाहरु,शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बि.ओ.पि) र सिमा क्षेत्रमा रहेका प्रहरी चौकीहरुको जिल्ला सुरक्षा समिति सर्लाहीले स्थलगत निरिक्षण गरेको छ ।जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको नेतृत्वको टोलीले लागु औषध कारोबार र प्रयोगको सम्भाव्य क्षेत्र तथा सीमा नाकाहरुको स्थलगत अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार स्थलगत अनुगमनका क्रममा जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षण र अनुगमन गरी लागु ओसारपसार र प्रयोगको अवस्था बारेमा जानकारी लिनुका साथै सोको रोकथाम तथा न्यूनीकरणका लागि अवलम्बन गर्नु पर्ने उपायहरुका विषयमा स्थानीयहरुसँग छलफल समेत भएको छ ।जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंह,शसस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक विनोद राज खनाल लगायतले ईलाका प्रहरी कार्यालय त्रिभुवननगर र शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बि.ओ.पि)त्रिभुवननगरको अनुगमन अनुगमन तथा निरीक्षण गरिएको हो ।