सर्लाहीमा १९ हजार मेट्रिक टन भन्दा बढी रासायनिक मल आयात भएको छ।आर्थिक वर्ष २०८०।०८१ का लागि जिल्लामा रहेका कृषि सामाग्री कम्पनी लि.नवलपुर,सर्लाही र साल्ट ट्रेडिङ कर्पाेरेसन कम्पनी लि.डिपो,मलंगवा,सर्लाहीमा गरी कुल १९ हजार १० दशमलव ७५ मेट्रिक टन रासायनिक मल आयात भएको हो ।
२० वटा पालिका रहेको सर्लाहीमा दुई सय वटा वडाहरु रहेका छन् जसमा चार सय वटा डिलहरुले कृषि सामाग्री कम्पनी लि.नवलपुर,सर्लाही र साल्ट ट्रेडिङ कर्पाेरेसन कम्पनी लि.डिपो,मलंगवा,सर्लाहीको रासायनिक मल वितरण गरि रहेका छन् ।मधेश प्रदेशका अन्य जिल्लाहरुको तुलनामा सर्लाहीमा बार्हैमास अन्नवाली तथा तरकारी बाली उत्पादन हुने र माछा पोखरीहरु पनि धेरै रहेकाले रासायनिक मलको माग धेरै भएपनि विगतका वर्षहरुको तुलनामा यस वर्ष रासायनिक मल निकै आयात भएको कृषि सामाग्री कम्पनी लि.नवलपुर,सर्लाहीका प्रमुख ध्रुव साहले बताए।उनका अनुसार कृषि सामाग्री कम्पनी लि.नवलपुर,सर्लाहीले ५८ हजार मेट्रिक टन मल माग गरेको भएपनि युरिया छ हजार एक सय ५२ मेट्रिक टन,डिएपी चार हजार पाँच सय ४२ मेट्रिक टन र पोटाँस चार सय ४५ मेट्रिक टन रासायनिक मल आयात भएको छ ।
युरिया २८ हजार मेट्रिक टन,डिएपी २५ हजार मेट्रिक टन र पोटाँस पाँच हजार मेट्रिक टन माग भएपनि युरिया छ हजार एक सय ५२ मेट्रिक टन,डिएपी चार हजार पाँच सय ४२ मेट्रिक टन र पोटाँस चार सय ४५ मेट्रिक टन रासायनिक मल आयात भएको कार्यालयले जनाएको छ।कृषि सामाग्री कम्पनी लि.नवलपुर,सर्लाहीमा सर्लाहीमा कृषि ज्ञान केन्द्र,उष्ण प्रदेशिय बागवानी विकास केन्द्र,घाँसेबाली आनुवांशिक स्रोत केन्द्र,पशु भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र र कृषि यान्त्र परिक्षण तथा अनुसन्धान केन्द्र गरी छ सरकारी कार्यालय सहित दुई सय २४ वटा डिलर रहेका छन् ।
त्यसैगरी,साल्ट ट्रेडिङ कर्पाेरेसन कम्पनी लि.डिपो,मलंगवा,सर्लाहीमा सात हजार आठ सय ७१ दशमलव ७५ मेट्रिक टन रासायनिक मल आयात भएको कार्यालय प्रमुख संजिव झाले बताए।उनका अनुसार सर्लाहीमा कृषि ज्ञान केन्द्र,उष्ण प्रदेशिय बागवानी विकास केन्द्र,घाँसेबाली आनुवांशिक स्रोत केन्द्र,पशु भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र र कृषि यान्त्र परिक्षण तथा अनुसन्धान केन्द्र गरी छ सरकारी कार्यालय सहित एक सय ७७ वटा डिलर रहेका छन् ।
मन्त्रालयबाट आएको स्थानीय तहगत वितरण अनुसार एक सय ७१ वटा नीजि र छ वटा सरकारी गरी एक सय ७७ वटा डिलहरुबाट रासायनिक मल वितरण भई रहेको साल्ट ट्रेडिङ कर्पाेरेसन कम्पनी लि.डिपो,मलंगवा कार्यालयले जनाएको छ ।साल्ट ट्रेडिङ कर्पाेरेसन कम्पनी लि.डिपो,मलंगवा,सर्लाहीमा युरिया चार हजार ३२ दशमलव छ मेट्रिक टन, डिएपी तीन हजार छ सय ८९ दशमलव एक मेट्रिक टन र पोटाँस एक सय ५० दशमलव पाँच मेट्रिक टन रासायनिम मल आयात भई वितरण भई रहेको कार्यालयले जनाएको छ ।
भारतिय मल नेपाली किसानहरुले ल्याएर कार्यालयलाई कुनै असर नपरी बरु आवश्यकता परिपुर्ति भई रहेको र विगतका वर्षहरुको तुलनामा मल अभाव नभएको साथै किसानहरुबाट पनि गुनासो नआएको कार्यालयले जनाएको छ ।जिल्लाका किसानहरुको माग अनुसार कृषि सामाग्री कम्पनी लि. नवलपुर र साल्ट ट्रेडिङ कर्पाेरेसन कम्पनी लि.डिपो,मलंगवा,सर्लाहीमा माग अनुसारको रासायनिक मल आउन नसकिरहेको अवस्थामा किसानहरुले स्वइच्छाले भारतिय मल नआउने हो भने अहिले आएको रासायनिक मलले जिल्लाको माग धान्न नसक्ने जानकारहरु बताउँछन् ।