भदौ ७ गतेलाई कालो दिन अर्थात् करिया दिन मनाउँदै सर्लाहीका थारु समुदायद्धारा शान्तीपुर्ण प्रदर्शन

385 Shares

कैलालीको टिकापुरमा सात जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनालाई लिएर सर्लाहीमा थारु समुदायले प्रदर्शन गरेका छन् ।२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा सात जना प्रहरी र एक नाबालक गरी आठ जनाको ज्यान जाने गरी भएको घटनालाई लिएर सर्लाहीको इश्वरपुर नगरपालिका ९ रामनगरमा थारु समुदायले प्रदर्शन गरेका हुन ।
थरुहट,थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा भएको सो घटना पछि रेशम चौधरी पक्राउदेखि सो क्षेत्रका थारु समुदायका ८८ घरमा लुटपाट र आगजनी भएको थियो ।सो दिनलाई सम्झँदै थारु समुदायले थारु बिद्रोह दिवस (करिया दिन) का रुपमा मनाउने गर्दछन्। सोहीक्रममा शुक्रबार थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा ईश्वरपुर नगरपालिका ९ स्थित रामनगर गाउँमा दबाबमूलक शान्ति पूदर्शन गरिएको हो।९ वर्षअघि थारु समुदायमाथि आक्रमण भएको भन्दै उनीहरुले भदौ ७ गतेलाई कालो दिन अर्थात् करिया दिनका रुपमा मनाउने गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य उर्मिला चौधरी,ईश्वरपुर नगरपालिका ९ का वडाध्यक्ष नन्दलाल चौधरी,लालबन्दी नगरपालिका ३ का वडाध्यक्ष वुद्धदेव चौधरी,थारु समुदायका अगुवा, स्थानीय वासीलगायतको उपस्थिति रहेको थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष सूर्यनारायण चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार