तेस्रो पटक पनि निर्वाचन गराउन नसकेपछि पत्रकार महासंघका अध्यक्ष पोखरेलद्धारा राजीनामा

480 Shares

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन्।अध्यक्ष पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन्।नेपाल पत्रकार महासंघको निर्वाचनको मिति तेस्रो पटक तोक्दा पनि निर्वाचन गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्ष पोखरेलले राजीनामा दिएका हुन।नेपाल पत्रकार महासंघको दोस्रो पटक पनि चुनाव नहुने निश्चित भएपछि अध्यक्ष पोखरेलले वरिष्ठ उपाध्यक्ष समक्ष विष्ट समक्ष राजीनामा पत्र बुझाएका नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले जनाएको छ ।
महासंघको निर्वाचन तीन पटक तोकिए पनि अध्यक्ष पोखरेलले पुनःकार्यतालिका ल्याउन नसक्नु,सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु,केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत विभिन्न कारणहरुबाट अध्यक्ष पोखरेलले कुशल नेतृत्व निर्वाह गर्न नसकेका अग्रज पत्रकारहरु बताउँछन् । पत्रकार महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा मतदाताहरुको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्ष पोखरेलले राखेपनि अन्य सदस्यहरुले विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अडान राखेका थिए ।
नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको महासंघको निर्वाचन नहुने  निश्चित जस्तै भएको छ ।यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएका स्रोतको दाबी छ ।पत्रकार महासंघ जिल्ला,प्रदेश र केन्द्रको अवधि गत चैतमा नै सकिएको हो।महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकि सकिएको भएपनि अध्यक्ष पोखरेलले कुशल नेर्तत्व गर्न नसक्दा  महासंघको निर्वाचन हुन सकेको छैन् ।
“सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,”अध्यक्ष पोखरेलले लेखेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहार प्रति खिन्न भएको अध्यक्ष पोखरेलले बताएका छन् । “यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,”अध्यक्ष पोखरेलले राजीनामा पत्रमा भनेका छन्।“यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्विकार गर्दै सबै कुराको नैतिक जिम्मावारी समेत बहन गर्दछु।मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन ।”उनले राजिनामा पत्रमा लेखेका छन् ।तर अग्रज पत्रकारहरु अध्यक्ष पाखरेलले कुशल नेतृत्व गर्न नसकेको दाबी गर्छन् ।

सम्बन्धित समाचार