जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले दुई सय भन्दा बढी सवारी साधनहरुको मेकानिकल चेकजाँच(यान्त्रिक) परिक्षण गरेको छ।सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८२ अन्तरगत सर्लाहीको हरिवन नगरपालिका १० स्थित नयाँ रोडमा दुई सय ३२ वटा यात्रुबाहक सवारी साधनहरुको मेकानिकल चेकजाँच(यान्त्रिक) परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले जानकारी दिए ।
उनका अनुसार सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरण गर्न मधेश प्रदेशका आठै जिल्लाहरुमा एकै साथ जेठ २२ गतेबाट सञ्चालन भएको “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८२”अन्तरगत सवारी साधनहरुको मेकानिकल चेकजाँच(यान्त्रिक)परिक्षण सहित ट्राफिक सचेतना सम्बन्धी सडक नाटक प्रदर्शनी समेत गरिएको छ ।ट्राफिक सप्ताह कार्यक्रम २०८२ अन्तरगत सर्लाही ट्रक व्यवसायी संघ र यातायात व्यावस्था कार्यालय मलंगवा सर्लाहीको समन्वय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको आयोजनामा यात्रुबाहक तथा माल वाहक सवारीसाधनहरुको यान्त्रिक परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८२ मा ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनीरकण गर्न मधेश प्रदेशका आठै जिल्लाहरुमा मधेश प्रदेश सरकार गृह,संचार तथा कानुन मन्त्रालय,धनुषाको सहयोगमा एकसाथ संचालन भइरहेको छ ।