यादवको संयोजकत्वमा मधेशी राष्ट्रिय मुक्ती मोर्चा सर्लाही ५१ सदस्यीय घोषणा

548 Shares

नेकपा(माओवादी केन्द्र)को भातृ संगठन मधेशी राष्ट्रिय मुक्ती मोर्चा सर्लाहीको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ।सर्लाही सदमुकाम मलंगवामा भएको भेलाले जय प्रकाश यादवको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला कमिटि गठन गरेको माओवादी केन्द्रका नेता नविन यादवले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्रका उपमहा सचिव एवम मधेशी राष्ट्रिय मुक्ती मोर्चाका फ्राक्सन इन्चार्ज मातृका यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जय प्रकाश यादव र विमेशयादव सह संयोजक सहित ५१ सदस्यीय मधेशी राष्ट्रिय मुक्ती मोर्चा सर्लाही जिल्ला कमिटि चयन गरेको हो ।
मधेशी राष्ट्रिय मुक्ती मोर्चा सर्लाहीका अध्यक्ष रामपृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रल्हाद कुमार बुढाथोकी,पुर्व मन्त्री एवम माओवादी केन्द्रका नेता रामेश्वर राय यादव,माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्ले र मधेशी राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय अध्यक्ष जगत यादव लगायत माओवादी केन्द्रका नेता कर्यकर्ताहरुको उपस्थिति रहेको आयोजक मधेशी राष्ट्रिय मुक्ती मोर्चा सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार