Close This

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २१८५ पुग्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१ गते   २७७ पटक हेरिएको

पछिल्लो २४ घण्टामा प्रदेश २ मा सोमवार थप १७१ जनामा कोरोना पुष्टि भएको छ । यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार १८५ पुगेको छ ।

रौतहटमा ९८ जना, सर्लाहीमा ४३, महोत्तरीमा ३० जना, पर्सामा १० जना, सिराहमा ४ जना, धनुषामा ४ जना र बारामा २ जनामा सोमबार पुष्टि भएको हो । आज थपिएका संक्रमितमध्ये ५ जना महिला छन् ।

यस्तै हालसम्म ४७८ जना उपचार पश्चात कोरोनाबाट निको भएर डिस्चार्ज भएको प्रदेश २ को समाजिक विकास मन्त्रालयका सचिव डा‍. रामप्रसाद घिमिरेले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech