मलंगवा ७ मा ट्याक्टर दुर्घटना एककाे मृत्यु,तीन घाईते

340 Shares

सर्लाहीको मलंगवा नगरपालिका ७ मुसैली स्थित नहरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन्।मलंगवा नगरपालिका ६ स्थित खुटौनाबाट मलंगवा नगरपालिमा ७ स्थित मुसैली तर्फ जादै गरेको ना ३ त १६२ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई नहरबाट तल झर्दा मलंगवा नगरपालिका ७ का अन्दाजी वर्ष १२ का रवि साह,सोही ठाउँका अन्दाजी वर्ष १० का सलमान मन्सुर,अन्दाजी वर्ष १२ का रवि साह र अन्दाजी वर्ष १० का जमाल मन्सुरी घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ट्याक्टर दुर्घटनामा परी घाईते भएका मलंगवा नगरपालिका ७ का अन्दाजी वर्ष १२ का रविको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्ज तर्फ लाजाँदै गर्दा बाटोमै अवस्था गम्भिर भई बाराको निजगढमा रहेको सिटि अस्पताल निजगढमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन ।ट्याक्टर दुर्घटनामा घाईते भएका मलंगवा नगरपालिका ७ मुसैलीका अन्दजी वर्ष १० का सलमान र जमलको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाईएको छ भने सोही ठाउँका अन्दाजी वर्ष १० का आर्यनको प्रादेशिक अस्पताल मलंगवा,सर्लाहीमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संग्लग्न ना ३ त १६२ नम्बरको ट्रयाक्टर र ट्याक्टरका चालक मलंगवा नगरपालिका ६ स्थित खुटौनाका चन्दन कुमार यादव र सह चालक सोही ठाउँका संजिव यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीको नियन्त्रणमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार