एउटा सरकारी भवन माथि जिसस र पुर्वाधारको दाबी

307 Shares

सर्लाहीको मलंगवामा रहेको एउटा सरकारी भवन माथि दुईवटा सरकारी कार्यालयले दाबी गरेका छन्।हाल जिल्ला प्रशासन कार्यालय सर्लाहीको कार्यालय सञ्चालनमा रहेको भवन जिल्लाका दुई वटा सरकारी कार्यालयले दाबी गरेका हुन ।वर्तमान अवस्थामा जिल्ला प्रशासन कार्यालय सर्लाही संचालनमा रहेको भवन माथि जिल्ला समन्वय समिति सर्लाही र पूर्वाधार विकास कार्यालय सर्लाहीले दाबी गरेका हुन ।
मंसिरमा जिल्ला प्रशासन कार्यालय सर्लाही आफ्नो नवनिर्मित भवनमा सर्ने भएपछि हाल प्रशासन कार्यालय सर्लाही संचालनमा रहेको भवन आफूले पाउनु पर्ने पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख संजय कुमार यादवले दाबी गरे। तत्कालीन जिल्ला विकास समिति सर्लाहीको जग्गामा जिल्ला प्राविधिक कार्यालय बनाउने भन्दैे जिल्ला प्राविधिक कार्यालयले नै ठेक्का लगाएको र सोही अनुसार भवन निर्माण भएकाले सो भवन पूर्वाधार विकास कार्यालय सर्लाहीले पाउनु पर्ने प्रमुख यादवले दाबी गरे।सोही भवनलाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले पनि दाबी गरेका छन्।तत्कालीन जिल्ला विकास समिति सर्लाहीको जग्गामा भवन निर्माण भएकाले सो भवन जिल्ला समन्य समिति सर्लाहीले पाउनुपर्ने उनको दाबी छ।शान्ती तथा पुननिर्माण मन्त्रालयको रु दुई करोड ९४ लाखको लागतमा जिल्ला प्राविधिक कार्यालयको तर्फबाट ठेक्का लगाई सो भवन निर्माण भएकाले पूर्वाधार विकास कार्यालयले सोभवन पाउनु पर्नै  पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख संजय कुमार यादवले दाबी गरे ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ र पुर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त प्रमुख विनोद ठाकुरको मौखिक सहमतीमा जिल्ला प्रशासन कार्यालय सर्लाहीको भवन निर्माण नहुँदा सम्म सोही भवनमा जिल्ला प्रशासन कार्यालय सर्लाही सञ्चालन गर्ने सहमती भएको पुर्वाधार विकास कार्यालय सर्लाहीका सुब्बा कपिल देव साहले बताए।प्रमुख जिल्ला अधिकारी तामाङ सहित पुर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त प्रमुख ठाकुरको साथमा सो समयमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पुगेका साहले पछि सो भवन मर्मत सम्भारका लागि रु २० लाख पुर्वाधार विकास कार्यालयले खर्च गरेको समेत बताए ।उनले पुर्वा धार विकास कार्यालयमा धेरै कामहरु हुने भएकाले हाल जिल्ला प्रशासन कार्यालय सर्लाही रहेको भवन पुर्वाधार कार्यालयले पाउनु पर्ने बताए ।
यता,जिल्ला समन्वय समिति रहेको भवन जिर्ण भएको कारण हाल जिल्ला प्रशासन कार्यालय सर्लाही रहेको भवनमा सर्ने जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख सिंह सहित उप प्रमुख जितेन्द्र कुशवाहा पनि जोडबालका साथ लागि परेका छन्।उनीहरुले मधेश प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयका साथै भौतिक पुर्वाधार मन्त्रालयमा  पटक पटक ज्ञापन पत्र बुझाए पनि जिसस कार्यालय  मर्मत सम्भारमा वेवास्था भएको साथै पुर्वाधार विकास कार्यालय  सर्लाहीले पनि जिसस भवन मर्मत सम्भारमा वेवास्था गरेको सो भवन जिससले पाउनु पर्ने अडान राखेका छन् ।यता,सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पुर्वाधार कार्यालय र जिससलाई राखेर आवश्यक छलफल गरेर समस्या समाधान गर्ने बताएका छन् ।

सम्बन्धित समाचार