३६ स्थानको मतगणना सकियो,१८ वडामा कांग्रेस,सात वडामा माओवादी केन्द्र र ६ वडामा एमाले निर्वाचित

484 Shares

स्थानीय तहको उप निर्वाचन २०८१ को मत परिणम सार्वजनिक भई रहेको छ ।देशभरका विभिन्न ४१ पदका लागि विभिन्न २० जिल्लामा मंसिर १६ गते उप निर्वाचन भएको थियो।विभिन्न कारणले जनप्रतिनिधिहरु रिक्त भएका वडादेखि गाउँपालिका तथा नगरपालिका र जिल्ला समन्वय समितिका पदाधिकारीहरु चयन गर्न भएको निर्वाचनको मत परिणाम सार्वजनिक भई रहँदा हाल सम्म नेपाली कांग्रेसबाट १८ जना वडा अध्यक्षहरु,नेकपा(माओवादी केन्द्र) बाट सात जना वडा अध्यक्ष,नेकपा(एमाले)बाट छ जना वडा अध्यक्षहरु,जनता समाजवादी पार्टी नेपालबाट दुई जना वडा अध्यक्ष,राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा(एकिकृत समाजवादी) पार्टी र नेपाल मजदुर किसान पार्टीबाट एक÷एक जना गरी ३६ जना वडा अध्यक्ष निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।
जस अन्र्तगत कोशी प्रदेशको ताप्लेजुङको सिरीजङघा गाउँपालिका ३ मा नेकपा(एमाले)की कुमारी सावादेन,झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओली,तेर्हथुमको लालीगुराँस नगरपालिका ८ मा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु,
सुनसरीको गढी गाउँपालिका ६ मा नेपाली कांग्रेसका तेतर साहु,ओखलढुंङ्गाको मोलुङ गाउँपालिका ५ मा नेकपा(एमाले)का गंगा बहादुर तामाङ र उदयपुरको त्रियुगा नगरपालिका १२ मा नेकपा(माओवादी केन्द्र)का नविन कुमार वान्तवा राई निर्वाचित भएका छन् भने,उदयपुर कै वेलका नगरपालिका ९ मा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी मधेश प्रदेशका आठ मध्य चार जिल्लाका विभिन्न सात वटा वडामा आईतबार भएको उप निर्वाचनको मत परिमाण सार्वजनिक भएको छ । जस अनुसार मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा जनता समाजवादी पार्टी नेपालका धिरेन्द्र कुमार साह,डाक्नेश्वरी नगरपालिका ४ मा पनि जनता समाजवादी पार्टी नेपालका देवेन्द्र प्रसाद यादव ,धनुषाको धनुषाधाम नगरपालिका १ मा नेकपा(माओवादी केन्द्र)का सुनिल कापर केवट,महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा भएको नेकपा(एमाले)का सकिवुल खाँ र रौतहटको इशनाथथ नगरपालिका ७ मा नेपाली कांग्रेसका शेष अबदुल खलिक,राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका समसे आलम र रौतहटकै गढीमाई नगरपालिका ८ मा नेकपा(एकिकृत समाजवादी)का वजरंगी प्रसाद यादव निर्वाचित भएका निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
बागमती प्रदेशको दोलखाको गौरिशंकर गाउँपालिकाको उपाअध्यक्ष पदका लागि भएको निर्वाचनको मत गणना जारी रहेको साथै नुवाकोटको ककनी गाउँपालिका २ मा नेकपा(माओवादी केन्द्र)का कृष्ण घिमिरे,काठमाण्डौँ महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजना श्रेष्ठ,कीर्तिपुर नगरपालिका १ मा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन,कीर्तिपुर नगरपालिका ४ मा नेपाली कांग्रेसका राजेन्द्र बाँनिया निर्वाचित भएका छन् भने नगर प्रमुख पदको मतगणना जारी रहेको छ।मकवानपुरको हेटौँडा उपमहा नगरपालिका १२ मा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।
गण्डकी प्रदेशको गोरखाको गोरखा नगरपालिका ५ मा नेकपा(माओवादी केन्द्र)का विष्णु बहादुर मगर,लुम्बीनी प्रदेशको गुल्मीको मुसिकोट नगरपालिका १ मा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ,कपिलबस्तुको शुद्धोधन गाउँपालिका १ मा नेकपा(एमाले)का मोहमद ताहिर मुसलमान,रुकुम पुर्वको पुथा उत्तर गंगा गाउँपालिकाको २ मा नेकपा(माओवादी केन्द्र)का जगत बहादुर घर्ती निर्विरोध निर्वाचत भएका छन्।रुकुम पुर्वाको पुथा उत्तर गंगा गाउँपालिकाको उपअध्यक्ष पदमा नेकपा(माओवादी केन्द्र)की नरपुरा बुढा निर्वाचित भएकी छन् ।रोल्पाको रुन्टीगढी गाउँपालिका ४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर र बर्दियाको ठाकुरवावा नगरपालिका ४ मा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन् ।
यता,कोशी प्रदेशको मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा(माओवादी केन्द्र)का नमो नारायण माझी, रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपा अध्यक्ष पदमा नेकपा(माओवादी केन्द्र)की नरपरा बुढा,सुदूरपश्चीम प्रदेशको बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको उपा अध्यक्षमा नेकपा(एमाले)की सुलोचना कुमारी भण्डारी,बझाङको सूर्मा गाउँपालिका ४ मा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा,डोटीको पुर्वीचौकी गाउँपालिका ६ मा नेपाली कांग्रेसका मोहन थापा,दार्चुलाको दुअुँ गाउँपालिका ५ मा नेपाली कांग्रेसका धन सिंह कुंवर,कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा पनि नेपाली कांग्रेसका प्रकाश चन्द निर्वाचित भएका छन् ।
यता, ४१ का लागि भएको स्थानीय तह उपनिर्वाचन मध्ये चार स्थानको अन्तिम नतिजा आउन बाँकी रहेको छ।आइतबार भएको उपनिर्वाचन अन्तर्गत ३७ स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ । नतिजा आउन बाँकी स्थानीय तहहरुमा कीर्तिपुर नगरपालिका,दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको मतगणना जारी छ ।

सम्बन्धित समाचार