Close This

सप्तरीमा तस्कर र प्रहरीबिच झडप हुँदा ३ प्रहरी घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१५ गते   ३२५ पटक हेरिएको

सप्तरीको बलान विहुल गाउँपालिका ४ स्थित बेल्हीमा तस्करी र प्रहरी विच झडप भएको छ । तस्करहरुले तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा  प्रहरी र तस्कर समूह बीच झडप भएको हो । 
झडपलाई नियन्त्रणमा लिने क्रममा सप्तरी प्रहरीले तीन राउण्ड हवाइ फायर समेत  गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजे पछि झडप हुदा प्रहरीले तिन राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अबि नारायण काफ्लेले जानकारी दिनु भयो । उहाँका अनुसार तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीविरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको बताउनुभयो । 
बलानबिहुल गाउपालिका ४ बेल्हीका घुरन साहको घरबाट अबैध रुपमा रहेको लत्ताकपडाहरु बरामद् गरी कार्यालयमा ल्याई आवश्यक कारवाहीको लागी भंसार कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ ।
तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएका छन् । भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । त्यो घरको खनतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुँगा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको प्रहरी उपरिक्षक काफ्लेले बताउनु भयो ।
यसै विच स्थानियबासीहरुले प्रहरी माथी हुलहुजत तथा ढुङगामुडा गर्दा प्रहरी सहायक हबल्दार शिव शंकर साहको घुडा मुनी चोट,प्रहरी जवान अनिल कुमार बस्नेतको छातिमा चोट र प्रहरी जवान विशाल कुमार मिश्रको टाउकोमा चोट लागेका सप्तरी प्रहरीले जनाएको छ ।
यता,सो विषयमा समाचार प्रकाशन भएपछि शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट९बिओपी०बेल्हीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी निरिक्षक वसन्त कटुवालले आपती जनाएका छन् । आक्रमक रुपमा प्रस्तुत भएका शसस्त्र प्रहरी निरिक्षक कटुवालले प्रमाण देखाउन भन्दै धम्की लगाएका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech