Close This

मंसिर २ बाट सुरु भएको प्रदेश स्तरीय भलिबल प्रतियोगीता सम्पन्न, उपाधि शुभलक्ष्मीलाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-७ गते   ७४६ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिकामा भएको प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधी ईश्वरपुर नगरपालिका ८ को शुभलक्ष्मी युवा क्लबले जितेको छ ।  इश्वरपुर नगरपालिका १ भक्तिपुर चौलिखा बजारमा आयोजित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधी शुभलक्ष्मी युवा क्लबले जितेको हो ।
आइतवार सम्पन्न अन्तीम खेलमा चन्द्रनगर गाउँपालिकाको एभरेष्ट युवा क्लब बडकुरुवालाई ३–२ को सेटमा पराजित गर्दै शुभलक्ष्मीले उपाधी उचालेको हो । बिजेता शुभलक्ष्मीलाई रु ५० हजार तथा उप बिजेता बडकुरुवालाई रु २५ हजार नगदसहित दुवै टिमलाई शिल्ड, कप र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगिताको आयोजक योङस्टार युवा क्लब पोखरीयाले जनाएको छ ।
उपबिजेता बडकुरुवाका लोचन यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका योङस्टार युवा क्लब पोखरीयाका अध्यक्ष अनिक चौधरीले जानकारी दिनु भयो । प्रतियोगिताका बिजेता, उपबिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा, उप प्रमुख एकावती देवी चौधरी लगायत जनप्रतिनिधिहरुले पुरस्कार वितरण गर्नु भएको इश्वरपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दुखा प्रसाद चौधरीले जानकारी दिनु भयो।
आयोजक योङस्टार क्लबका पूर्व खेलाडीहरुलाई समेत सम्मान गरिएको आयोजक क्लबका अध्यक्ष चौधरीले बताउनु भयो । मंसिर २ गतेदेखि सुरु भएको प्रदेश स्तरीय भलिबल प्रतियोगीतामा ३१ वटा टिमले सहभागिता जनाएको आयोजकले बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech