ज.ज.क. प्रयास गर्ने एकजना हरिवन प्रहरीको नियन्त्रणमा

330 Shares

सर्लाहीको हरिवन नगरपालिका ४ मा जवरजस्ती करणीको प्रयास गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।हरिवन नगरपालिका ४ पटौना र हरिवन नगरपालिका ८ चापिनीको सीमामा पर्ने चापिनी खोलाको पुल नजिकै अन्दाजी वर्ष सातकी एक बालिकामाथि जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार एकान्त ठाउँमा पर्ने चापिनी खोलाको पुुलमा खेलिरहेकी बालिकालाई डुुल्दै हिँडेका हरिवन नगरपालिका ११ का अन्दाजी वर्ष २० का अरवाज शेखले पुलमुनी लगेर करणीको प्रयास गरेपछि बालिकाले तत्कालै प्रतिकार गरेर चिच्याएपछि स्थानीयले थाहापाई होहल्ला गर्दै आएकाले उनीमाथि करणी हुन नपाएको हो ।
घटना लगत्तै शेखलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर जवरजस्ती करणी उद्योग मुद्दामा कारवाही अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।स्थानीयका अनुसार दुई जना युवाहरु घटनास्थलमा रहेका भएपनि एकजना भागेका र एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।शेख यसअघि पनि चोरीको घटनामा पक्राउ परेर छुटेका प्रहरीले जनाएको छ ।
हरिवन नगरपालिकाको उत्तरी चुरे क्षेत्र स्थित रहेका कैलाशपुरी,वन बाटिका,गणेश मन्दिर र हरिवनका उत्तरी भित्री विभिन्न सडक खण्डहरुका सुनसान भएको ठाउँमा केही युवाहरु जम्मा भएर लागु औंषध तथा माद्यक पदार्थ सेवन गर्ने एवम गैर कानुनी कार्य गर्ने गरेका स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार