नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।यही मंसिर २८ गते हुने निर्वाचनमा महासंघ जिल्ला शाखा सर्लाही कार्य समितिको अध्यक्ष पदका लागि ओम प्रकाश ठाकुर र राम गोविन्द राय यादवको उम्मेदवारी परेको हो ।
यता,उपाध्यक्ष पदका लागि मुकेश झा र मनोज कुमार यादव(ख),महिला उपा अध्यक्ष पदका लागि बन्दना झा,सरिता सापकोटा र मिरा रानीको उम्मेदवारी परेको छ।त्यस्तै सचिव पदका लागि सिंह बहादुर थापा(श्रवण),सोम दियाली र कृष्ण सिंह,कोषाध्यक्ष पदका लागि घनश्याम सिंह र घनश्याम बलम्पाकी मगरले उम्मेदवारी दिएका छन् ।
त्यस्तै,सह सचिवको खुल्लामा जर्नाजन खत्री र सामावेशिमा लक्ष्मण यादव,दलित तर्फ बृद्ध बहादुर वि.क.,मधेशी महिला तर्फ मनिषा कुशवाहा,आदिवासी जनजाति तर्फ रिना आले मगर,मधेशी तर्फ निरज यादव,खुल्ला तर्फ राधेश्याम कुशवाहा र कम्लेश कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी,प्रदेश परिषद् सदस्यमा एक जना महिला र दुई जना पुरुषको कोटा रहेकोमा पुरुष तर्फ प्रकाश मैनाली र अनवर अहमद्को उम्मेदवारी परेको छ भने महिला तर्फ कसैको पनि उम्मेदवारी परेको छैन्।भने,केन्द्रीय परिषद सदस्यका लागि एक जना पुरुष र एक जना महिलाको कोटा रहेकोमा पुरुष तर्फ शंकर श्रेष्ठ र सत्य प्रकाश यादवको उम्मेदवारी परेको छ भने महिला तर्फ पुस्तिका के.सी निविरोध भएकी छन् ।
यस अघि पटक पटक आलोपालो गरी सहमतीमा पदाधिकारी र कार्यसमिति चयन गरेको जिल्ला शाखा सर्लाहीले यस पटक भने निर्वाचन गर्छकी भन्ने आश पलाएको महासंघका सदस्यहरुको भनाई छ । तथापि पनि उम्मेदवारी फिर्ता लिने समय बाँकी रहेकाले अझैँ पनि निर्वाचन हुन्छ की हुँदैन् भन्ने आशंका कायमै रहेको अग्रज पत्रकारहरु बताउँछन् ।