सर्लाहीको लालबन्दीमा कम उमेरमा हुने बिवाह तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि ३ दिने संस्थागत क्षमता मुल्यांकन तथा विश्लेषण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।२० वर्ष भन्दा कम उमेरमा हुने बिवाह तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि सेभ द चिल्डूेनको साझेदारीमा बाल तथा जवरजस्ती बिबाह रोकथाम, न्यूनीकरण र अन्त्यका लागि विभिन्न गतिविधि सन्चालन हुँदै आएको सिइएफएम परियोजनाकी संयोजक सिर्जना बस्नेतले जानकारी दिइन्।
उनका अनुसार सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकाका सबै वडाहरुमा बाल बिवाह बिरुद्ध स्थानिय साझेदार संस्थाहरु मार्फत विभिन्न अभियान चलाई रहेका संस्थाको आन्तरिक अवस्था एवं उनीहरुको क्षमता विश्लेषण तथा मुल्यांकन गर्ने उदेश्यले संस्थागत क्षमता मुल्यांकन तथा विश्लेषण कार्यशाला गोष्ठी आयोजना गरिएको थियो।हरिपुर नगरपालिकाको लक्ष्मीनाथ युवा क्लव र नगरस्तरीय मुसहर महिला शशक्तिकरण संजाल,इश्वरपुर नगरपालिकाको सिर्जनसिल महिला क्लब र सामुदायिक विकासका लागि युवा सहभागिता नामक संस्था विच कार्यशाला सम्पन्न भएको परियोजनाका स्रोत व्यत्ति शान्तिराम भण्डारीले जानकारी दिए।कार्यशालामा संस्था संचालनको न्युनतम योग्यता,आधारभूत आवश्यकता,मापदण्ड र अबलम्बन गर्नुपर्ने संस्थागत नीति नियम आदिका बारेमा बृहत् छलफल र योग्यता मुल्यांकन तथा विश्लेषण गरिएको परियोजनाकी रचना थापा(चौधरी)ले बताईन्।उनका अनुसार परियोजनाले स्थानिय संघ/संस्थाहरु मार्फत नै कार्यक्रम संचालन र कार्यन्वयन गर्ने नीतिलाई बढावा दिदै सन् २०३० भित्र पूर्णतया बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ।
दक्षिण यसियाका अविकसित एवम अल्पविकसित प्राय देशहरुमा बाल विबाह पछिल्लो समय सभ्य तथा सुसस्कृत समाजको चुनौतिको भएकाले यसका विरुद्ध डटेर लाग्नुपर्ने कार्यशाला गोष्ठीमा निष्कर्ष निस्केको छ ।विभिन्न संघ संस्थाहरुलेविभिन्न किसिमका अभिायनहरु चलाएर बाल बिवाह न्युनिकरणको क्षेत्रमा काम गरि रहेका भएपनि खासै उपलब्धी भने हुन सकेको छैन् ।