जनताको अधिकारका लागि अर्को आन्दोलनको आवश्यकता छ : माओवादी केन्द्रका सचिव पोख्रेल

687 Shares

१२ वर्ष सम्म भएको शसस्त्र संघर्षबाट नेपाली जनतालाई राजनीतिक अधिकार प्राप्त भएपनि समृद्ध नेपाल सुखी नेपाली बनाउँन बाँकी रहेका कारण अर्काे युद्धको आवश्यकता रहेको नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सचिव एवम मधेश प्रदेश ईन्चार्ज लिलामणी पोख्रेलले बताए । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र माथि तथानाम बोल्ने र लेख्ने आफुलाई विद्धन सम्झिनेहरुले अहिले भ्रष्टाचारमुत्त नेपाल,समृद्ध नेपाल, सुशासन तथा विकासका लागि माओवादी केन्द्रको विकल्प नरहेको बताउँन थालेका समेत बताए ।

IMG-20241214-WA0002.jpg
माओवादीको नेतृत्वमा भएको शसस्त्र युद्धको उपलब्धी स्वरुप दुई सय ५० वर्षे तानाशाही शासन सक्त ढल्यो,संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल,नेपाली जनताको अधिकार सहितको संविधान,विपन्न, लोपन्मुख, सिमान्तकृत,आदिवासी जनजाति, दलित महिला लगायत पिछडा वर्गको अधिकार प्राप्त भएको दाबी गर्दै सचिव पोख्रेलले भ्रष्टाचारको विरोध गर्दा माओवादी केन्द्रको नेतृत्वको सरकार ढलेको समेत बताए ।

“हात्ति मिले भनेपनि रैफाँडो र प्रेम गरे भनेपनि रैफाँडो गर्छ ।हो अहिलेको अवस्था त्यस्तै भएको नेपालका दुई ठूला दलहरु मिलेर भ्रष्टाचार,अन्याय,अत्याचार र लुटतन्त्र बढेको छ।”माओवादी केन्द्रका सचिव पोख्रेलले बताए। सर्लाहीका करिब एक हजार विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई माओवादी केनद्रमा स्वागत गर्दे उनले अहिले जताततै माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर बढेको बताए ।उनले भरखरै सम्पन्न भएको स्थानीय तहहरुको उप निर्वाचनबाट माओवादी केन्द्रलाई आगामी निर्वाचन २०८४ मा २०६४ कै अवस्थामा पुर्याउन सकिने अवस्था सृजना हुँदै गएको बताए ।

1.jpg
त्यसैगरी माओवादी केन्द्र एउटा राजनीतिक दल मात्रै नभएर जनताका आशा र भरोसाका केन्द्र,देशका सर्वाहारा वर्गको शक्ति, शोषित पीडित जनताको शक्ति नेपालमा कोही र केही छ भने त्यो माओवादी केन्द्र मात्रै रहेको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रह्लाद कुमार बुढाथोकीले बताए ।उनले माओवादी केन्द्र कसैले मौका लुट्न बनाएको लुटेरा समुह होइन,माओवादी केन्द्र त त्यो शक्ति हो जसले जनताको मुक्तिका लागि दुई सय ५० वर्षिय तानाशाही शासन व्यवस्थाको अन्त्य गर्दै जनताको अधिकार जनताको संविधान र संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको एक शक्ति रहेको दाबी गरे ।जनताको अधिकार राजनीतिक हिसाबले आएको भए पनि समृद्ध नेपाल निर्माण नभएकोले समृद्ध नेपाल निर्माण गर्दै जनतामा खुसियाली नछाउँदा सम्म माओवादी केन्द्र लडिरहने उनले बताए ।

4.jpg
यता,माओवादी केन्द्र प्रति जनताको आशा अरोसा बढ्दै गएको,आन्तरिक मत मतान्तर त्यागेर जनताका माझमा गएर आफ्ना कमिकमजोरी सुधार गरेर गए २०८४ मा २०६४ को झल्को दिने पुर्व मन्त्री एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले बताए ।उनले माओवादी केन्द्रलाई कहिले नेपाली कांग्रेस कहिले नेकपा(एमाले)ले खेलाएको बताउँदै अब जनताले माओवादी केन्द्रलाई एक्ला एक्लै चुनाव लड्न उप निर्वाचन मार्फत आग्रह गरेका र सोही अनुसार आगामी निर्वाचनमा एक्लै लडेर बहुमत ल्याउने बताए ।भ्रष्टाचारको अन्त्य,संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल र नेपाली जनताको संविधानको रक्षाका लागि माओवादी केन्द्रले बहुमत ल्याउन जरुरी रहेको उद्घघोष गरे ।

2.jpg
माओवादी केन्द्र चन्द्रनगर गाउँ कमिटिका अध्यक्ष लोकेन्द्र मुखियाको अध्यक्षता एवम माओवादी केन्द्रका केन्द्रीय सचिव एवम मधेश प्रदेश ईन्चार्ज पोख्रेलको प्रमुख आतिथ्यतामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस,नेकपा(एमाले)जनता समाजवादी पार्टी(जसपा)नेपाल र लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा)का गरी करिब एक हजार जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रका नेता नविन यादवले जानकारी दिए ।

सम्बन्धित समाचार