सर्लाहीको इश्वरपुर नगरपालिका १४ स्थित हरकठवामा रहेको जनता प्रा.विको राहत(करार) शिक्षक नियुत्तिमा अनियमितता र प्रचलित नीयम विपरित भएको पाइएको छ।इश्वरपुर नगरपालिका १४ हरकठवा स्थित रहेको जनता प्रा.विले मंसिर ६ गते आव्हान गरेको सूचनामा १६ जनाले आवेदन दिएकामा विद्यालयका प्रधानाध्यापक अन्जु हुजेदार थारु र इश्वरपुर नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक हरि प्रसाद दाहालको मिलेमतोमा विज्ञापनमा उल्लेख गरिए बमोजिमका कुनैपनि परीक्षा सञ्चालन नगरी सिधैँ एक जनालाई राहत(करार) शिक्षकमा नियुत्ति गरेपछि शिक्षक भर्नामा आर्थिक अनियमितता भएको पाइएको इश्वरपुर नगरपालिका १४ का वडा अध्यक्ष सित कुमार महतोले जानकारी दिए ।
उनका अनुसार २०८१।०८।०६ मा सूचना प्रकाशन गरी माग गरिएको आवेदनमा सर्लाही सहित अन्यन्त्रका गरी १६ जनाले आवेदन दिएका भएपनि विद्यालयका प्रधानाध्यापक थारु र नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक दाहालको मिलेमतोमा आर्थिक अनियमितता गरी प्रावधान विपरित दैलेखको भैरवी गाउँपालिका ६ का बालाराम जैसीलाई राहत(करार) शिक्षकमा नियुत्त गरिएको हो ।
विद्यालयले जारी गरेको सूचनामा परीक्षाको किसिममा लिखित,अन्र्तवार्ता र कक्षा अवलोकन भनेर उल्लेख गरिएको भएपनि आर्थिक अनियमितता गरे कुनैपनि परीक्षा सञ्चालन नगरी जैसीलाई राहत(करार) शिक्षकमा नियुत्त गरिएको भन्दै इश्वरपुर नगरपालिका १४ ले मंसिर २६ गते विद्यालयलाई त्यस प्रकारको गतिविधि रोकी शिक्षा नियमावली अनुसार गर्न भन्दै पत्राचार समेत गरेको छ ।
यता,शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले पनि मंसिर २६ गते प्रा.वि.तह शिक्षक अनुदान कोटा(राहत) करारमा शिक्षक छनोट गर्न सञ्चालन गरिएको प्रकृया शिक्ष ऐन २०२८(संशोधन सहित) र शिक्षा नियमावली २०५९(संशोधन सहित)को दफा ९६ बमोजिम नभएको पाइएको भन्दै तत्काल सो प्रकृया रोकी कानून बमोजिक गर्न भनी पत्राचार गरेको छ।तर विद्यालयका प्रधानाध्यापक थारु र नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक दाहालले त्यसलाई अटेर गरी हतार हतारमा जैसीलाई राहत(करार) शिक्षकमा नियुत्त गरेका वडा अध्यक्ष महतोले बताए ।
सूचना आव्हान भएको समयमा नै छनोट समिति गठन गर्नु,शिक्षक छनोट समितिमा विज्ञ नियुक्त नगर्नुका साथै विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद देखिएपछि अहिलेलाई प्रकृया रोकेर केही दिनपछि गरौँ भन्दा प्रधानाध्यापक थारुले अटेर गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार महतोले बताए।“बैठकमा विवाद भएपछि अहिले यो प्रकृया रोकौँ पछि जानकारहरु र शिक्षा विद्धहरुसंग सल्लाह गरेर काम गरौँला भन्ने आफ्नो प्रस्तावलाई प्रधानाध्यापक थारुले अटेर गरी आफुखुसी जैसीलाई राहत(करार) शिक्षकमा नियुत्त गरेका कारण आफुले हस्ताक्षर केरेर डिहेको”विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए ।
साथै,मधेशमा शिक्षक नियुक्तिमा आर्थिक तथा राजनीतिक दवाव थोग्नै नसक्ने खालको आउने गरेको भन्दै इश्वरपुर नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक दाहालले घुमाउरो पारामा आर्थिक अनियमितता भएको स्वीकार गरे।उनले शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीसंग स्थानीय तहहरुका विद्यालयहरुको कुनैपनि गतिविधिहरुमा समन्वय,सहकार्य र अनुमती तथा सहमती लिन जरुरी नरहेको बताए ।
तर,“केही स्थानीय तहहरुले करारमा शिक्षक नियुक्ति तथा सरुवा गर्ने काम गरेका पाइएकाले ध्यानाकर्षण भएको जनाएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग,केन्द्रीय कार्यालय टंगाल,काठमाण्डौंको पत्र संख्या २०७६।०७७ मुद्धा,पुनरावेदन तथा बहस पैरवी महाशाखा चलानी नं. ५८७१ मिति २०७६।०६।१५ गते,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सूचना तथा प्रविधि शाखा,सिंहदरवार,काठमाण्डौंको पत्र संख्या २०७६/०७७ चलानी नं. १६२ मिति २०७६।०६।२९ गते र शिक्षा तथा मानव स्रोत विकास केन्द्र,शैक्षिक योजना तथा विकास महाशाखा,शिक्षक व्यवस्थापन समन्वय शाखा,सानोठिमी,भक्तपुरको पत्र संख्या २०७७।०७८ शि.व्य. चलानी नं. १८१ मिति २०७७।१२।३० गतेको पत्र समेतमा शिक्षा ऐन,२०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली,२०५९ (संशोधन सहित) हालसम्म कार्यान्वयनमा रहेको हुदाँ करार शिक्षक नियुक्ति गर्दा नियुक्तिको प्रक्रियाका सम्बन्धमा सोही नियमावलीको नियम ९६(क) र ९७ मा स्पष्ट व्यवस्था भएको र शिक्षक सरुवा गर्ने अधिकार सोही ऐनको दफा १६ (ज) एवम सोही नियमावलीको नियम ९९ बमोजिम शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले गर्ने व्यवस्था उल्लेख भएको तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को परिच्छेद ३ को दफा ११ को २ को (ज) मा स्थानीय तहको आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी काम,कर्तव्य र अधिकारमा उल्लेखित २३ वटा बुदाँमा करारमा शिक्षक नियुक्ति एवम सरुवा सम्बन्धी व्यवस्था उल्लेख नभएको हुदाँ करारमा शिक्षक नियुक्ति तथा सरुवा यस इकाइको समन्वय,सहयोग र सहकार्यमा मात्र गर्नु/गराउनु हुन अन्यथा शिक्षा ऐन/नियमावली विपरित हुने करारमा शिक्षक नियुक्ति तथा सरुवामा यस इकाइबाट कुनै कारवाही नहुने व्यहोरा अनुरोध छ।”शिक्षा विकास तथा समन्वय इकाइ मलंगवा सर्लाहीले जिल्लाका सबै स्थानीय तहहरु र सामुदायिक विद्यालयहरुलाई २०७८ माघ ७ गते गरेको परिपत्रमा उल्लेख गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग,केन्द्रीय कार्यालय टंगाल,काठमाण्डौं,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सूचना तथा प्रविधि शाखा,सिंहदरवार,काठमाण्डौं,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,सिंहदरवार,काठमाण्डौं,शिक्षा तथा मानव स्रोत विकास केन्द्र,शैक्षिक योजना तथा विकास महाशाखा,शिक्षक व्यवस्थापन समन्वय शाखा,सानोठिमी,भक्तपुर र जिल्ला प्रशासन कार्यालय,मलंगवा सर्लाहीलाई बोधार्थ लेखिएको इकाईको सो पत्रमा सो कुरा उल्लेख गरिएको हो ।
यता,विद्यालयले शिक्षक जैसीलाई नियुक्ति गरेको करिब एक साता विति सकेको भएपनि नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखामा कुनैपनि कागजात नपठाएका कारण कतै अनियमितता भएको हो की भन्ने आफुलाई पनि शंका लागेको भन्दै शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक दाहालले गैर जिम्मेवार जवाफ दिए ।
त्यस्तै,कक्षा ५ सम्म अध्यायन तथा अध्यापन हुने जनता प्रा.वि.का प्रधाानध्यापक थारुले विद्यालयमा भर्ना भएका करिब सय जना विद्यार्थीहरुको नाममा दिवा खाजा वापतको सरकारले दिने रकममा पनि अनियमितता गरेका इश्वरपुर नगरपालिका १४ का स्थानीयको भनाई छ।भर्ना भएका करिब सय जना विद्यार्थीहरु मध्य दैनिक २५ देखि ३० जना विद्यार्थीहरु विद्यालय आउने गरेका भएपनि प्रधानाध्यापक थारुले सबैको हाजिर बनाएर दिवा खाजा वापतको रकम निकासा गरी अनियमितता गर्ने गरेका स्थानीयको आरोप छ।सो विषयमा बुझ्न विद्यालयका प्रधानाध्यापक थारुलाई फोन गर्दा उनको फोन उठेन।प्राय विद्यालयमा नबस्ने प्रधानाध्यापक थारु नगरपालिकामा काम छ भन्दै पार्टीको भातृ संगठनमा राजनीति गर्न जाने गरेको समेत पाइएको छ ।