विद्यार्थी भर्नामा अतियमितता गर्ने शिक्षालय प्रमुख यादव छानविनको दायरामा

298 Shares

सर्लाहीको मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण यादव बहुप्राविधिक शिक्षालयका प्रमुखले आर्थिक चलखेल गरेको पाईएको छ ।डिप्लोमा फार्मेशीको पुर्ण शुल्कीय कार्यक्रममा विद्यार्थीहरु भर्ना गर्दा शिक्षालय प्रमुख विरेन्द्र बाबु यादवले आर्थिक चलखेल गरेका भन्दै छानविन सुरु भएको छ ।
रकमको चलखेल गरि बैकल्पिक उम्मेदवारलाई भर्ना गरेको भन्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद मधेश प्रदेशमा उजुरी परेको परि उनले आर्थिक अनियमितता गरेका पाइएको हो ।परिषद्मा विद्यार्थी भर्नामा शिक्षालयले आर्थिक अनियमितता गरेकाले छानविन गरी कार्बाही गरि पाउँ भन्दै २०८१ मंसिर १६ गते उजुरी परेको पाइएको छ ।
सोही उजुरीको आधारमा प्रदेश परिषद जनकपुरबाट उपनिर्देशक दिनेश कुमार मल्लिक,परीक्षा अधिकृत सत्यदेव पण्डित र सूचना अधिकारी मदन कुमार साह सहितको टोलीले छानबिन समिति गठन गरि डिप्लोमा फार्मेशीको पुर्ण शुल्कीय कार्यक्रममा विद्यार्थी भर्ना गरेको सम्पुर्ण कागजात झिकाई अध्यायन सुरु गरेका छन्।शिक्षालयका प्रमुख यादवले विद्यार्थी भर्नामा छात्रवृति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८१ को दफा २४ अनुसार प्रक्रिया पुरा नगरेको,भर्ना प्रक्रियामा व्यापक लापरवाही र अन्यौलता देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।फार्मेशी संकायको विद्यार्थी भर्नामा बैकल्पिक उम्मेदवार एक नम्बर खाली भएको ठाउमा पुन विद्यार्थी भर्ना गर्दा दुई नम्बरलाई उच्च प्राथमिकता राखेर भर्ना प्रक्रिया अगाडी बढाउनु पर्नेमा शिक्षालय प्रमुख यादवले त्यसो नगरेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।साथै प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्संग समेत परामर्श गर्नु पर्ने प्रावधान भएपनि शिक्षालय प्रमुख यादवले आफु खुसी एक सय ७७ नम्बरका बैकल्पिक उम्मेदवारलाई भर्ना गरेको पाइएको हो ।

सम्बन्धित समाचार