सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको समृद्धि वचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुन तारा राज पन्त(अर्जुन) सर्व सहमत चयन भएका छन्।संस्थाको १७ औँ वार्षिक साधारण सभाबाट पन्तको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्व सहमत चयन भएका संस्थाका नव निर्वाचित सचिव सुरेश कुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार संस्थाको सञ्चालक समितिको उपाअध्यक्षमा डाकुरनाथ खतिवडा,कोषाअध्यक्षमा स्वस्तीक खत्री सहित सदस्यहरुमा ङमेन्द्र प्रसाद घिमरे,तिल कुमारी लामा,मिरण कुमारी महतो,हेम बहादुर बस्नेत,मिना कुमारी मास्के,रमेश स्याङतान र अजय कुमार महतो गरी ११ जना सञ्चालक समिति सर्व सहमत चयन भएका हुन।मंसिर २२ गते शनिवार भएको संस्थाको १७ औँ वार्षिक साधारण सभाबाट निर्वाचन समिति गठन भएकोमा निर्वाचन समितिले सर्व सहमत रुपमा संस्थाका पदाधिकारी सहित सदस्यहरु चयन गरेको हो ।रु तीन करोड ३५ लाख ८९ हजार तीन सय २३ आम्दानी गरेको संस्थाले रु दुई करोड ४० लाख ७५ हजार चार सय २३ खर्च भएको साथै खुद नाफा रु ९५ लाख १३ हजार आठ सय ३८ गरेको जनाएको छ ।
यस अघिपनि पन्तकै अध्यक्षतमा रहेको संस्थाले शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट,संस्थालाई आवश्यक परेमा वाह्य ऋण लिन संञ्चालक समितिलाई अधिकार प्रत्यायोजन,लिलामबाट प्राप्त जग्गाहरु विक्रि,संस्थाको कार्यालय भवन निर्माण,समिति उपसमितिको बैठक भत्ता,निर्णय पुस्तीकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनोटका साथै उत्कृष्ट ऋण कारोवार कर्ता,उत्कृष्ट बचतकर्ता,उत्कृष्ट बाल बचत कर्ता र एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरुको मनोवल बढाउन पुरस्कृत गर्ने लगायतका काम गरि रहेको संस्थाले प्रति पछिल्लो समय सहकारी संस्थाहरु प्रति हेर्ने दृष्टिकोणमा नकारात्मक प्रभाव पार्न नदिने गरी काम गरि रहेको जिल्ला बचत तथा ऋण सरकारी संस्था लि.की अध्यक्ष मन्दिरा आचार्यले बताईन् ।उनले अमुक केही सहकारी संस्थाका सञ्चालकहरुको बद्मासीले गर्दा धेरै सहकारी संस्थाहरु माथि प्रश्न उठ्ने गरेको समेत बताईन् ।