सर्लाहीको हरिपुर नगरपालिका विगत तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोको सरुवा गरेपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भएको हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियार थारुले बताए ।
उनकाअनुसार मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत महतोको सरुवा गरेपछि लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत अधिकृत नपठाएपछि नगरपालिकाको काम कार्बाही प्रभावित भएको छ ।मन्त्रालयसँग प्रमुख प्रशासकीय अधिकृत पठाउन पटक पटक आग्रह गर्दा समेत मन्त्रालयले वेवास्था गरेका कारण नगरपालिकाको विकास निर्माण लगायतको काम कार्बाही पुर्णरुपले प्रभावित भएको नगर उप प्रमुख निलम देवि राय यादवले बताईन्।उनका अनुसार नगर प्रमुख पञ्जिायार सहित आफू तीन/चार पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाउँदा पनि मनत्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन् ।
प्रमुख प्रशासकीय अधिकृत तीन महिनादेखि नहुँदा तलब/भत्ता वितरण सहित विकास निर्माणको काम प्रभावित भएको छ भने,आर्थिक वर्ष शुरू भएको छ महिनासम्म नगरपालिकाको कुनै योजना अघि बढ्न नसकेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन्।प्राय मधेश प्रदेशका धेरै स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु छोटो समय मै सरुवा हुने तथा स्थानीय तहहरुमा बसेर काम गर्न नसक्ने भएपछि लामो समयदेखि कार्यालय नजाने गरेका पाइएको जानकारहरु बताउँछन् ।